Follow @khasokhasmag

विदेशबाट आएकाहरु मधेसको भूमिपुत्र हुन सक्दैनन् : केपी ओली (भिडियो)


प्रकाशित मिति : भाद्र ३०, २०७४ शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको तराईमा विदेशबाट आएकाहरुले आफुलाई मधेसको भूमिपुत्रको रुपमा दावी गर्नु लज्जास्पद कुरा रहेको आरोप लगाउनु भएको छ ।
एबीसी न्यूजको कार्यक्रम आउट लुकमा कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशबाट आएर नेपाली बनेकाहरुलाई नेपाली भएको कति वर्ष भयो भनेर प्रश्न समेत गर्नु भएको छ । विदेशबाट आएको ५० वर्ष पनि नपुगेकाहरुले फुटानी नलाए हुने उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विजयोत्सव मनाउन मात्र मधेस झर्ने बताउनु भएको छ । अध्यक्ष ओलीले मधेसमा पनि एमाले पहिलो पार्टी बन्ने दावी गर्दै आफु विजयोत्सव मनाउन जान लागेको बताउनु भएको हो । मधेसको हिमायती ठान्ने कुनै पनि दल मधेसी नागरिकको पक्षमा नरहेको समेत अध्यक्ष ओलीले बताउँनु भएको छ ।

आफैले संविधान संशोधन फेल गराएर कांग्रेस–माओवादी र मधेसी दलले मधेसी नागरिकको विपक्षमा काम गरेको आरोप समेत लगाउनु भयो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com