प्रधान कार्यालय अमेरिकामा रहने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल


प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

प्रधान कार्यालय अमेरिकामा रहने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (फिजा) स्थापना भएको छ । अमेरिकामा दर्ता भई रामप्रसाद खनालको अध्यक्षतामा पहिलो कार्यसमिति समेत गठन गरिएको बिज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

अमेरिकाको कानुन अनुसार स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र सस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको अध्यक्ष खनालले बिज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी रहेको जानकारी दिईएको छ । महासंघमा बिभिन्न संचारमाध्यममा काम गरेका पुराना अनुभवी तथा वरिष्ठ पत्रकारहरु रहेको र भविश्यमा आवश्यकता अनुसार विस्तार गरिँदै लगिने महासंघका महासचिव टंक दाहालले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

महासंघको सल्लाहकारमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधानसम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्व प्रधानसम्पादक पुरुषोत्तम दाहाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्यूरो प्रमुख विजय घिमिरे चयन भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महासंघको अध्यक्षमा चयन भएका खनाल नेपाल मदर डटकमका प्रधान सम्पादक तथा एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक हुन् । यसैगरी महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, नेपाल समाचार पत्रका पूर्व सम्पादक टंक पन्त र नेप्लिज डायस्पोराका प्रधानसम्पादक सतिश चापागाईँ चयन भएका छन् ।

यसैगरी महासंघको महासचिवमा माइक्रोसफ्ट इन्जिनियर टंक दाहाल छानिएका छन् भने सचिवमा न्यूजपाली डटकमका प्रकाशक तथा सम्पादक अनिल अधिकारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डिसी नेपालका अमेरिका ब्युरो प्रमुख अर्जुन दाहाल छानिएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डटकमका प्रधानसम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्धसम्पादक नवराज कुँवर, क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रका पूर्व सहसम्पादकका कृष्णराज खनाल चयन भएका छन् ।

यस्तै क्यानडाबाट नमस्ते रेडियोका पत्रकार अनिल थापा, चलचित्र पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तरका पत्रकार सुरेन्द्र सापकोटा बोर्ड अफ डाइरेक्टर छानिएका छन् ।

सबै महादेशहरूबाट प्रतिनिधित्व हुनेगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइने जनाइएको छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने अध्यक्ष खनालले जानकारी दिए ।

पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा काम गर्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको भनाई छ । नेपाली पत्रकारहरूलाई मात्र नभई विभिन्न देशबाट समेत पत्रकारहरूलाई समेट्दै जाने लक्ष्य लिएको महासंघले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com