जेजू एयरको अर्को विमानमा पनि ल्यान्डिङ गियरको समस्या, उडेको १ घण्टा मै आकस्मिक अवतरण


प्रकाशित मिति : पुस १५, २०८१ सोमबार

दक्षिण कोरियाका सबै विमानस्थलको आकस्मिक सुरक्षा निरीक्षण हुने भएको छ । त्यहाँका कार्यवाहक नेताले देशका सबै हवाई अड्डा सञ्चालनहरूको आपतकालीन सुरक्षा निरीक्षणको आदेश दिएका छन् ।

सबैभन्दा घातक हवाई दुर्घटनामा १७९ जना मानिसको मृत्यु भएको अर्को दिन कार्यवाहक नेताले यो आदेश दिएको बताइएको छ ।

जेजू एयरको विमानले दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुदै गर्दा आगो लागेको थियो । जसमा सबै यात्रीको मृत्यु भएको थियो । चालक दलका २ जना सदस्यको ज्यान जोगिएको छ ।

कार्यवाहक राष्ट्रपति चोई साङ मोकले अनुसन्धानकर्ताहरूसँग शोक संतप्त परिवारहरूलाई छिटो रिपोर्ट दिन आग्रह गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेजू एयरको अर्को जहाज सोमबारको दिन उडेको केही समयपछि सोल फर्किएको थियो । यो विमानमा पनि ल्यान्डिङ गियरको समस्या देखिएको बताइएको छ ।

ल्यान्डिङ गियर भनेको विमानको पाङ्ग्रा र अन्य भागहरूको सेट हो । जसले विमानलाई उडान, करियर र ल्यान्डिङको समयमा समर्थन गर्दछ।

फर्किएको विमान बोइङ B737-800 मोडेलको थियो । जुन आइतबारको दुर्घटनाग्रस्त विमानको मोडेल हो । जेजू एयरको बेडमा रहेका ४१ विमानमध्ये ३९ वटा यो मोडेलका छन् ।

आइतबारको घातक दुर्घटनापछि, बोइङले भनेको छ कि उनीहरूले जेजू एयरसँग सम्पर्क गरेका छन् । उनीहरुलाई सहयोग गर्न तयार रहेको बताएका छन ।

उडान का १७९ जना यात्रीहरू ३ देखि ७८ वर्षका थिए । यद्यपि अधिकांश ४०, ५० र ६० वर्षका थिए ।

मृतकहरूमध्ये दुई थाई नागरिक पनि छन् र अरु सबै दक्षिण कोरियाली नागरिक भएको अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com