धादिङको थाँक्रेमा दुुर्घटना, ९ घाइते
प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

भाद्र २९, २०७४-पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे–७, आठकिलोमा दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।
काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ज ३१५० नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु १ ज २७६१ नम्बरको माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा लु १ ज २७६१ नम्बरको माईक्रो सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक जिवन निरौलाले बताए ।