अमेरिकामा आप्रवासी सङ्कट : एकै रातमा करिब ८ लाख घरबार विहिन भए


प्रकाशित मिति : पुस १३, २०८१ शनिबार

US President Joe Biden (L) attends a quad meeting with with Australia’s Prime Minister Anthony Albanese, Japan’s Prime Minister Fumio Kishida, and India’s Prime Minister Narendra Modi on the sidelines of the G7 Leaders’ Summit in Hiroshima on May 20, 2023. (Photo by Kenny HOLSTON / POOL / AFP)

अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको छ ।

जो बाइडन प्रशासनको नयाँ रिपोर्टले सन् २०२४ को जनवरीमा एकै रातमा करिब ७ लाख ७२ हजार मानिस घरबारविहीन भएका देखाएको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । करिब २० वर्षअघि देखी सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।

ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् । जनवरीमा न्यूयोर्क, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले बढेको देखिएको छ ।

सीमामा कमजोर सुरक्षाको कारण आप्रबासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रबासी दक्ष नभएका पाइएको छ ।

दक्ष नभएका कारण आप्रबासीहरु बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको रिर्पोटमा उल्लेख गरिएको छ ।

ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो सङ्कट कम भएको जनाएका छन् ।

अधिकारीहरूले गैरकानुनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com