अमेरिकाले जर्जियाका पूर्व प्रधानमन्त्रीलाई प्रतिबन्ध लगायो


प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन ।

अमेरिकाले जर्जियाका पूर्व प्रधानमन्त्री र जर्जियन ड्रीम पार्टीका अर्बपति संस्थापक बिद्जिना इभानिश्विलीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले इभानिश्विली र उनको पार्टीले जर्जियाको यूरो अटलान्टिक भविष्यलाई कमजोर बनाएको र देशलाई रूसको प्रभावमा पर्न सजिलो बनाएको आरोप लगाए ।

इभानिश्विली कुनै निर्वाचित पदाधिकारी नभए पनि उनलाई जर्जियन ड्रीम पार्टीको मानार्थ अध्यक्ष भनिएको छ। यो पार्टी १२ वर्षदेखि सत्तामा रहेको छ ।

पछिल्लो चुनावमा पार्टीले विजयको दाबी गरे पनि चुनावमा धाँधलीको आरोप लागेपछि ईयूमा प्रवेशका लागि वार्ता रोक्ने घोषणा गरेको थियो । जसले देशभर विरोध प्रदर्शन निम्त्याएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विपक्षी सांसदहरूले नयाँ संसदको बहिष्कार गर्दै धाँधलीको आरोप लगाएका छन् ।

नयाँ राष्ट्रपति पीपल्स पावर पार्टीका मिखाइल कवेलाश्विली जर्जियन ड्रीमका निकट सहयोगी मानिन्छन् उनको शपथग्रहण दुई दिनभित्र हुने तय भएको छ ।

ब्लिन्केनले पार्टीको क्रियाकलापले मूलभूत स्वतन्त्रताको प्रयोगमा प्रतिबन्ध लगाएको र जर्जियालाई रूसको प्रभावमा पर्न सजिलो बनाएको बताए ।

रूसले हाल जर्जियाको २० प्रतिशत भूभाग कब्जा गरिरहेको छ । अमेरिकी विदेश विभागका प्रवक्ताले इभानिश्विलीलाई जर्जियन ड्रीमका मानार्थ अध्यक्ष भनेर वर्णन गरेका छन् ।

पछिल्लो नोभेम्बरमा जर्जियाका प्रधानमन्त्री इराक्ली कोबाक्हिद्जेले २०२८ सम्म ईयू प्रवेशका लागि वार्ता नगर्ने बताएका थिए । जसका कारण व्यापक विरोध प्रदर्शन भइरहेका छन् ।

बेलायतले पनि यूरोप समर्थक प्रदर्शनहरू दमन गर्न भूमिका खेलेको आरोपमा गृहमन्त्रीसहित पाँच वरिष्ठ जर्जियाली अधिकारीहरू माथि प्रतिबन्ध लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com