विश्व स्वास्थ्य संगठनका प्रमुख विमान चढ्नै लाग्दा यमनमा इजरायलको आक्रमण


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

इजरायली सेनाले यमनको राजधानी सानआ र पश्चिमी शहर होडैदाहमा श्रृंखलाबद्ध आक्रमण गरेको छ ।

हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको इरान समर्थित हुथी समूहले जनाएको छ । हुथीहरुले यस आक्रमणको बदला लिने चेतावनी दिएका छन ।

सानआ अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ । ३० जना घाइते भएका छन ।

विश्व स्वास्थ्य संगठन WHO का महानिर्देशक टेड्रोस अधानोम गेहब्रेयससले आफू र संयुक्त राष्ट्रसंघको टोली विमान चढ्नै लाग्दा विमानस्थलमा हमला भएको बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सानआबाट विमान चढ्न लाग्दै गर्दा विमानस्थलमा हवाई हमला भयो चालक दलका एकजना सदस्य घाइते भए गेहब्रेयससले भनेका छन ।

विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर, प्रस्थान स्थल , रनवे क्षतिग्रस्त भएको छ उनले भनेका छन ।

संयुक्त राष्ट्रसंघको प्रतिनिधिमण्डल यमनमा संयुक्त राष्ट्रसंघका बन्दी कर्मचारीहरूको रिहाइका लागि वार्ता गर्न र त्यहाँको स्वास्थ्य तथा मानवीय स्थितिको मूल्यांकन गर्न पुगेको थियो।

WHO को तर्फबाट टेड्रोसले आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई समवेदना व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

होडैदाहका बन्दरगाहहरू र रस इस्सा तथा रस कुटुब पावर स्टेशनमा आक्रमण भएको हुथी विद्रोहीहरुले बताएका छन । यो आक्रमणमा कूल ४० जना घाइते भएका छन ।

इजरायली सेनाले गरेको आक्रमण इरान समर्थित हुथीहरुको सैन्य लक्ष्यमा केन्द्रित भएको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यमनमाथिको आक्रमण मिसन पूरा नभएसम्म नरोकिने बताएका छन ।

हुथीहरूले पछिल्लो केही महिनामा इजरायलमा मिसाइल प्रहार गर्दै आएका छन् । जसलाई उनीहरूले गाजामा इजरायली आक्रमणको जवाफ भनेका छन् ।

गाजामा इजरायली आक्रमणपछि इजरायली सेनाले बारम्बार यमनमा हमला गरिरहेको छ । हुथीहरूले गाजाको युद्धको अन्त्य नभएसम्म इजरायल र यसको सहयोगीहरूमाथि आक्रमण जारी राख्ने बताइरहेका छन ।

अमेरिका र बेलायतले यसअघि हुथीहरूलाई रेड सीमा जहाज अवरोध गरेपछि आक्रमण गरेका थिए । रेड सी विश्वकै व्यस्त जलमार्गमध्ये एक हो ।

अमेरिकी विदेश मन्त्रालयले हुथीहरूलाई वैश्विक आतंकवादी संगठनका रूपमा वर्गीकृत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com