दक्षिणी थाइल्याण्डमा सैनिकमाथि विद्रोहीको आक्रमण
प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

एकको मृत्यु, २० घाइते
बैंकक, २९ भदौ । थाइल्याण्डको दक्षिणी भू–भागमा सैनिकको गस्तीलाई लक्षित गरी संदिग्ध विद्रोहीले एम्बुस आक्रमण गरेका छन् ।
बिहीबार बिहान भएको सो आक्रमणमा परी एक जना सैनिकको मृत्यु भएको छ ।
त्यसैगरी यस आक्रमणमा परी अन्य २० जना सैनिक घाइते भएका अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
मेलेसियाको सीमा क्षेत्रमा पर्ने यस मुस्लिम क्षेत्रमा जातीयरुपमा मलाय विद्रोहीले एक दशकभन्दा बढी समयदेखि बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको यस देशमा हिंसा मच्चाउँदै आएका छन् ।
उनीहरुले नै सेनाको गस्तीमाथि एम्बुस थापेको हुनसक्ने अनुमान गरिएको छ । तर उनीले भने यस घटनाको जिम्मेवारी लिएका छैनन् ।
थाइल्याण्डको सुदुर दक्षिणी यस भागमा करिब एक दशकभन्दा बढीदेखि जारी यस द्वन्द्वमा परी छ हजार ८०० व्यक्तिको मृत्यु भइसकेको छ ।
यस क्षेत्रको याला प्रान्तको याहा जिल्लामा सडकको किनारमा एम्बुस बिच्छ्याइएको थियो । सोही बाटो भएर गुडिरहेको सैनिक गस्तीको सवारीसाधन सो एम्बुमा ठोक्किएको थियो ।
थाई सैनिक प्रवक्ता कर्नेल प्रामोटे प्रोमका अनुसार यस आक्रमणमा एक सैनिकको मृत्यु हुनुको साथै अन्य १८ सैनिक घाइते भएका छन । घाइते हुनेमा दुई गाउँले पनि छन् । रासस