भारतमा पहिलो ‘बुलेट ट्रेन’को शिलान्यास
प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

जापानी प्रधानमन्त्री शिन्जो आबेले भारतको पहिलो तीव्र गतिको रेल ‘बुलेट ट्रेन’ निर्माणकार्यको शिलान्यास गरेका छन्।
यो ‘बुलेट ट्रेन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको अहमदाबादलाई मुम्बईसँग जोड्नेछ।
उक्त रेलको अधिकांश खर्च जापानबाट लिइने १७ अर्ब डलरको ऋणबाट हुनेछ।
यात्रा

५ सय किलोमिटर लामो हुने बताइएको उक्त रेल सञ्जाल सञ्चालनमा आएपछि हालको आठ घण्टाको यात्रा तीन घण्टामा झर्नेछ।
७ सय ५० सिट हुने उक्त रेल पाँच वर्षपछि अर्थात् सन् २०२२ को अगष्टसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
भारत सरकार प्रमुख शहरहरुमा तीव्र गतिको रेलको विकास गर्न चाहन्छ।

तर आलोचकहरु अहिलेकै रेल सञ्जाललाई सुरक्षित बनाउन बढी ध्यान दिए यात्रुहरुका लागि उपयुक्त हुने तर्क गर्छन्।
भारतमा हरेक दिन सवा दुई करोड यात्रुले आवातजावतका लागि रेलको प्रयोग गर्छन्।
Source : BBC Nepali