एम्बुसमा परेर गृह मन्त्रालयका १४ कर्मचारीको मृत्यु


प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

TOPSHOT – Items belonged to Russian soldiers remain near a destroyed Russian convoy ambushed by the Ukrainian army in the recently retaken town of Lyman in Donetsk region, on October 5, 2022, amid the Russian invasion of Ukraine. (Photo by Yasuyoshi CHIBA / AFP)

सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असदका वफादार सेनाहरूले थापेको एम्बुसमा परेर गृह मन्त्रालयका १४ कर्मचारीको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

सिरियाका नयाँ विद्रोही नेतृत्व भएका अधिकारीहरूले मंगलबार भूमध्यसागरको बन्दरगाह टार्टस नजिकै यो झडप भएको बताएका हुन । सुरक्षा फौजहरू दमास्कस नजिकैको सैदनाया जेलमा एक पूर्व अधिकारीलाई पक्राउ गर्न खोज्दा उनीहरूलाई एम्बुसमा पारिएको थियो ।

दुई साताअघि मात्र इस्लामवादी हयात तहरीर अल(शाम ९एचटीएस० समूहको नेतृत्वमा विद्रोही सेनाले असदको शासन समाप्त गरेको थियो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार, झडपमा तीन विद्रोही पनि मारिएका छन् ।

एउटा अलावाइट तीर्थस्थलमाथि आक्रमण भएको देखिएको भिडियो सार्वजनिक भएपछि असन्तोष फैलिएको थियो । जुन भिडियो पुरानो भएको त्यहाँको गृहमन्त्रालयले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलावाइट समुदाय, जसबाट असद परिवार उत्पन्न भएको हो । जसमा पूर्व शासनका धेरै राजनीतिक र सैन्य नेतृत्वका व्यक्ति आवद्ध छन । सिरियामा यी अल्पसंख्यक हुन् ।

एचटीएस नेतृत्वको आक्रमणले उत्तरपूर्व सिरियाबाट सुरु हुँदै देशभर फैलिएको थियो । असद परिवारको ५० वर्षभन्दा लामो शासन अन्त्य गरेको थियो ।

असद र उनको परिवार रूस भाग्न बाध्य भएका छन् । एचटीएसले सिरियाका धेरै धार्मिक र जातीय अल्पसंख्यकहरूको अधिकार र स्वतन्त्रता संरक्षण गर्ने वाचा गरेको छ ।

एचटीएसलाई संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोपेली संघ, बेलायतलगायतका देशहरूले आतंकी संगठनको रूपमा सूचीबद्ध गरेका छन् ।

मंगलबार क्रिसमसको वृक्ष जलाइएको घटनापछि देशमा प्रदर्शन भएको थियो । जसले नयाँ प्रशासनले अल्पसंख्यकहरूको सुरक्षामा ध्यान दिनुपर्ने माग पुनः उठाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com