रोहिंज्याको अवस्था ‘अत्यन्त दयनीय’


प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

रोहिंज्याम्यानमारमा गत महिना हिंसा सुरु भएयता करिब ३ लाख ७९ हजार रोहिंज्या भागेर बाँग्लादेश पुगिसकेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिवका अनुसार म्यान्मारको मुसलमान समुदाय अत्यन्त दयनीय मानवीय संकटको अवस्था भोगिरहेका छन्।

एन्टोनियो गुटेरेस्‌को भनाइमा म्यानमारको सुरक्षा फौजले रोहिंज्याका गाउँ वस्तीमा गरेका भनिएका आक्रमणहरु अस्वीकार्य छन्।

म्यान्मारको सेनाले चाहिँ उस्ले त्यहाँका विद्रोहीहरुविरुद्ध कारबाही गरिरहेको र गैरसैनिकहरुलाई निशाना नबनाइएको बताएको छ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यान्मारमा जारी हिंसा रोक्न तत्काल कदमहरु चाल्न आग्रह गरिसकेको छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

गत महिना हिंसा सुरु भएयता करिब ३ लाख ७९ हजार रोहिंज्या भागेर बाँग्लादेश पुगिसकेका छन्।

कैयौं गाउँहरु जलाइएका विवरणहरु सार्वजनिक भएका छन्।

विभेद

रोहिंज्याहरु बौद्धमार्गीहरुको बाहुल्यता रहेको रखाइन राज्यका बासिन्दा हुन् जसले म्यानमारमा विभेद र ज्यादती भोग्दै आएका छन्। म्यानमारको भनाइमा उनीहरु गैरकानुनी आप्रवासी हुन्।

कैयौं पुस्तादेखि म्यान्मारमा बसोबास गर्दै आएका रोहिंज्याले नागरिकता पाउन सकेका छैनन्।

गुटेरेस्‌ले रोहिंज्या शरणार्थीका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

“मानवीय अवस्था निकै दयनीय भइसकेको छ। गत साता करिब १ लाख २५ हजार रोहिंज्या बाँग्लादेश पुगेका थिए। अहिले त्यो संख्या तीन गुणाले बढेर करिब ३ लाख ८० हजार पुगिसकेको छ।”

कुपोषण

शरणार्थीहरु अहिले अस्थायी शिविरमा बसेर आफ्नो खानेकुरा बाँडीचुँडी खाइरहेका छन्। महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको छ।

त्यो परिस्थितिलाई जातीय सफाय मान्न सकिन्छ भन्ने प्रश्नको जवाफमा गुटेरेस्‌ले भने, “रोहिंज्याको जनसंख्याको एक तिहाइले देश छोडिसकेका छन् – यो अवस्थालाई बयान गर्न के तपाईँसँग त्यो भन्दा राम्रो शब्द छ?

राष्ट्रसंघका महासचिवले सेनासँग लडिरहेको रोहिंज्या मुक्ति सेना अर्थात् रोहिंज्या स्याल्भेशन आर्मी (एआरएसए)ले गरेका आक्रमणहरुको पनि आफूले भर्त्सना गरिसकेको बताए।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com