सिड्नीको पश्चिमी क्षेत्रबाट नेपाली युवा सन्तोष मैनाली बेपत्ता, प्रहरी खोजीमा


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

सिड्नीको पश्चिमी क्षेत्रबाट २४ वर्षीय नेपाली युवा बेपत्ता भएको प्रहरीले जनाएको छ । सन्तोष मैनाली नामका यी युवकलाई २१ डिसेम्बर २०२४ शनिबार लगभग साँझ ५ बजे ह्यारीस पार्कको विग्राम स्ट्रिटस्थित एक रेष्टुरेन्टमा अन्तिम पटक देखिएको थियो।

त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको र २३ डिसेम्बर २०२४ सोमबार राति लगभग ११ बजे कंबरल्याण्ड पुलिस एरिया कमाण्डमा हराएको रिपोर्ट दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उनलाई फेला पार्ने प्रयास जारी राखेको जनाएको छ।

सन्तोष मैनालीको बारेमा प्रहरी गम्भीर रुपमा चिन्तित भएको जनाएको छ । लगभग १७२ सेमी उचाई, मध्य स्तरको बनोट र छोटो कालो कपाल भएका उनलाई अन्तिम पटक देख्दा एनवाईसी लेखिएको रातो सिङ्लेट र पहेंलो भेस्ट लगाएका थिए।

सन्तोष मैनालीलाई ह्यारीस पार्क, बुरवुड, स्ट्राथफिल्ड र हर्स्टभिल क्षेत्रहरूमा प्राय देखिने स्थानहरूमा परिचित रहेको जनाइएको छ । सन्तोषको बारेमा कुनै जानकारी भएमा १८०० ३३३ ००० मा क्राइम स्टपर्सलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबै जानकारी गोप्य राखिने साथै प्रहरीलाई सामाजिक सञ्जाल मार्फत जानकारी नदिन आग्रह गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com