अमेरिकाद्धारा यमनको राजधानीमा हवाई हमला, हुथी लडाकुको मिसाइल भण्डारण स्थल ध्वस्त


प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

अमेरिकी सेनाले यमनको राजधानी सनामा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ । इरान समर्थित हुथी लडाकूहरूद्वारा सञ्चालित मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधाहरूलाई लक्षित गरेर अमेरिकाले हमला गरेको हो ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड ले रेड सी मा हुथीका धेरै ड्रोनहरू र एउटा एन्टी शिप क्रुज मिसाइललाई पनि नष्ट गरिएको बताएको छ।

उत्तरपश्चिम यमन नियन्त्रणमा लिएको इरान समर्थित हुथी विद्रोही समूहले अक्टोबर २०२३ मा गाजाको युद्ध सुरु भएदेखि इजरायल र अन्तर्राष्ट्रिय जहाजहरूमाथि आक्रमण गर्न थालेको हो ।

उनीहरूले प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउन आक्रमण गरेको दाबी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सेनाले दक्षिणी रेड सी खाडीमा अमेरिकी नौसैनिक जहाजहरू र व्यापारिक जहाजहरू विरुद्धका हुथी आक्रमणहरूलाई अवरोध र कमजोर बनाउने उद्देश्यले यी आक्रमणहरू गरिएको बताएको छ ।

अमेरिकी सेनाले हुथीका एकतर्फी हमला गर्न प्रयोग गरिने ड्रोनहरू र एन्टी शिप क्रुज मिसाइलहरूलाई रेड सी मा निशाना बनाएको जानकारी दिएको छ।

यो अपरेशनमा अमेरिकी एफ ए १८ होर्नेट फाइटर जेटहरूको प्रयोग गरिएको थियो ।

यो घटनाको केही घण्टापछि हुथीले इजरायलतर्फ एउटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । तेल अभिवको एउटा पार्कमा भएको मिसाइल प्रहारबाट १२ भन्दा बढी व्यक्ति घाइते भएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com