उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए


प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

नयाँ दिल्ली, २९ भदौ । उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ ।

सो डुंगामा रहेका अरु ३० जना हराइरहेका समाचारमा जनाइएको छ । बिहीबार बिहान सो दुर्घटना भएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

बाग्पतको प्रहरीले दिएको समाचारअनुसार सो डुंगामा रहेकामध्ये धेरैजना हराएका छन् । उनीहरुको खोजी जारी रहेको भए पनि जिवीतै भेट्ने सम्भावना भने कम रहेको प्रहरीको भनाई छ ।

सो डुंगामा ६० जना व्यक्ति रहेका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको कारण डुब्न पुगेको हो ।

उक्त डुंगा दुर्घटनापछि डुबेका ८ वटा शव भेटिएको छ । अरु १२ जनालाई जिवीतै उद्वारगरी उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

प्रहरी र अन्य उद्वारकर्मीहरुले हराएका ती ३० जनाको खोजी जारी राखेका बाग्पत प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीकाअनुसार उनीहरुको जिवीतै उद्वारका लागि सक्दो प्रयास गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्रीले सो दुर्घटनाबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com