नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प


प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । जनतालाई आपतकालिन र प्रकोपहरूको लागि तयारी गर्न, प्रतिक्रिया दिन र न्यूनीकरण गर्न शिक्षित र सशक्त बनाउन डिजाइन गरिएको अमेरिकी सरकारको वेवसाइट रेडीका अनुशार पश्चिम नेपालको बाजुराको गोत्रीदेखि २ माइल नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षति भए नभएको विवरणप्राप्त भएको छैन । तर नेपालको पश्चिम भागका जनताहरुले भूकम्पको धक्का अनुभव गरेको सामाजिक सञ्जालहरुमा लेखेका छन् । भूकम्पको धक्का नेपालसहित भारत र चीनमा समेत अनुभव गरिएको छ ।

भारतको नेशनल सेन्टर फर सेस्मोलोजीले भूकम्पको धक्का ४ दशमलव ८ म्याग्निच्युडको भएको जनाएको छ । स्थानीय समय अनुशार विहान ४ बजेर १४ मिनेटमा भूकम्पको धक्का अनुभव गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएस जिओलोजिकल सर्भेले भूकम्प ५ म्याग्निच्युडको भएको जनाएको छ । साथै भूकम्पको गहिराई १० किलोमिटर रहेको युएस जिओलोजिकल सर्भेले जनाएको छ ।

पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। पश्चिम नेपालमा भएका पछिल्ला भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।

पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो। सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।

विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन्। भूकम्पविद्हरुका अनुसार भविश्यमा पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ। तर पश्चिम नेपालको कुन भागमा कहिले ठूलो भूकम्प जान्छ भन्न नसकिने विज्ञहरू बताउँछन्।

केही वर्षअघि गएको गोरखा भूकम्प ७।८ म्याग्निट्यूडको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।

उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com