जर्मनीमा सरकार ढल्यो , २३ फेब्रुअरीमा नयाँ चुनाव हुने


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

German Chancellor Olaf Scholz arrives for the cabinet meeting at the chancellery in Berlin, Germany, Wednesday, June 5, 2024. (AP Photo/Markus Schreiber)

जर्मन चान्सलर ओलाफ शोल्जले नेतृत्व गरेको सरकार विघटन भएको छ । संसदबाट विश्वासको मत गुमाएपछि सरकार ढलेको हो ।

सरकार ढलेसंगै २३ फेब्रुअरीमा नयाँ चुनावको मिति घोषणा गरिएको छ । चान्सलर शोल्जले संसद भंग गर्न राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरसँग अनुरोध गरेका छन ।

त्यहाँको संबिधान अनुसार संसद बिघटन भएको ६० दिनभित्र नयाँ चुनाव गरिसक्नु पर्ने प्रावधान रहेको छ । संसदलाई चान्सलरले बिश्वास छैन भन्ने प्रस्ताव पेश गरेपछि उहाँको पक्षमा ३९४ मत परेको थियो । ११६ जना सांसद तटस्त बसेका थिए ।

मेरो उद्देश्य संघीय चुनावलाई अगाडि सार्नु हो शोल्जले संसदलाई सम्बोधन गर्दै “यो हाम्रो देशप्रतिको विश्वास र भविष्यलाई जोखिममा नराख्ने विषय हो ” भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले देशको भविष्यमा विश्वास जगाउन आफ्नो प्रयास भएको बताएका छन्। “जर्मनीको उत्कृष्ट दिनहरू अझै आउन बाँकी छन्,” शोल्जले जोड दिए।

शोल्जको गठबन्धन नोभेम्बरमा भंग भएको थियो । वित्तमन्त्री क्रिस्टियन लिन्दनरलाई ऋण व्यवस्थापनसम्बन्धी गहिरो विवादका कारण बर्खास्त गरेपछि सरकार छोडेका थिए।

यस घटनाले जर्मनीलाई गहिरो आर्थिक संकट र भूराजनीतिक अनिश्चितताको समयमा शोल्जको समाजवादी एसडीपी र ग्रीन पार्टीको अल्पमतको सरकारमा छोडिदियो।

नयाँ प्रशासन गठन नभएसम्म शोल्ज सरकार प्रमुखको भूमिकामा कायम रहनेछन्। संसदमा आधा घण्टाको सम्बोधनमा शोल्जले समयअगावै चुनावको लागि गरेको निणर्यको बचाउ गरेका छन ।

प्रतिपक्षी क्रिश्चियन डेमोक्र्याटिक युनियन सीडीयू का प्रमुख फ्रिड्रिख मर्जले चुनावलाई सरकारविरुद्ध मतदान गर्ने अवसरका रूपमा व्याख्या गरेका छन ।

चुनाव अभियान संसदको मतदान अघि नै अनौपचारिक रूपमा सुरू भएको छ। सबै दलहरूले जीवनयापनको महँगाई र युक्रेनको विषयमा भएको गतिरोधबाट असन्तुष्ट मतदाताहरूलाई आकर्षित गर्न संघर्ष गरिरहेका छन्।

चुनावअघि जर्मन राजनीति लम्बिँदै जाने अनुमान गरिएको छ । जसमा सम्भावित नयाँ सरकार साझेदारहरूको बीचमा बलियो सहमति बनाउन समय लाग्ने देखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com