अमेरिकाले भन्यो : सिरियामा सत्ता फालेका विद्रोही प्रत्यक्ष सम्पर्क छन्


प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार

अमेरिकाले सिरियामा राष्ट्रपति बसर अल असदको शासन समाप्त गरेपछि सत्तामा आएको विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएस)सँग प्रत्यक्ष सम्पर्क गरेको छ । अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले यो जानकारी दिएका हुन् ।

ब्लिंकेनले यो स्वीकारोक्ति जोर्डनमा अरु अरब मुलुकहरू, टर्की र युरोपका प्रतिनिधिसँग सिरियाको भविष्यबारे वार्ता गर्न आयोजित बैठकपछि दिएका हुन् । बैठकमा सिरियाको शान्तिपूर्ण संक्रमण प्रक्रियालाई समर्थन गर्ने सहमति भएको थियो ।

जोर्डनका विदेश मन्त्रीले क्षेत्रीय शक्तिहरूले सिरियालाई अराजकतामा जान नदिन चाहेको बताएका छन् ।

बैठकपछिको संयुक्त विज्ञप्तिमा सबै सिरियालीलाई प्रतिनिधित्व गर्ने र अल्पसंख्यकका अधिकारहरूको सम्मान गर्ने सरकारको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
हालैका घटनाहरूपछि सिरियामा नयाँ शासन व्यवस्था स्थापना गर्नुपर्ने महत्वको कुरा भइरहेकामा जोर्डनको बैठकमा इराकका विदेश मन्त्री फुआद हुसेनले पनि चिन्ता व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले क्षेत्रीय मुलुकहरूले सिरियालाई अर्को लिबिया बन्न दिन नहुने बताएका छन् । एचटीएसका नेताहरूले समावेशी सरकारको चाहना व्यक्त गरे पनि यसको हिंसात्मक विगतले उनीहरूलाई विश्वास गर्न कठिन बनाएको छ ।

ब्लिंकेनले हराइरहेका अमेरिकी पत्रकार अष्टिन टाइसको विषयमा पनि एचटीएससँग प्रत्यक्ष संवाद भइरहेको जानकारी दिए ।

जोर्डनको बैठकमा सिरियाका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् । उपस्थित आठ अरब देशका विदेश मन्त्रीहरूले सिरियालाई विभाजन हुन नदिई एकताबद्ध बनाउन जोड दिएका थिए ।

असदलाई लामो समयसम्म सत्तामा टिकाउन सहयोग गर्ने दुई मुलुक ( इरान र रुस ) पनि बैठकमा अनुपस्थित थिए।

८ डिसेम्बरमा सिरियाली विद्रोहीहरूले असदको २४ वर्ष लामो शासन समाप्त गरेका थिए । राजधानी कब्जा गरेपछि असद रूस भागेका थिए। सिरियामा १३ वर्षसम्म चलेको गृहयुद्धले पाँच लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो । लाखौं विस्थापित भएका थिए ।

एचटीएसका नेता अहमद अल शराअ ले मोहम्मद अल बशीरलाई सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन् ।

विश्वले असद परिवारको आधा शताब्दी लामो शासनपछिको सिरियाको राजनीतिक भविष्यलाई नजिकबाट हेरिरहेको अमेरिकाले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com