एनपिएलमा चल्न नसकेको कुशलको ‘ब्याट’


प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएलमा) टोली पोखरा एभेन्जर्सले लगातार दोस्रो हार भोगेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्ससँग ७ विकेटले पराजित भएसँगै पोखरा एभेन्जर्सले दोस्रो हार खेप्नुपरेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो ।

पोखरा एभेन्जर्सले जारी एनपिएलमा सुरुवात पनि राम्रो गर्न सकेन् । आफ्नो पहिलो खेलमै पोखराले चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्न पुगेको थियो ।

कप्तान भुर्तेलको चल्न नसकेको ब्याट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरा एभेन्जर्सका कप्तान तथा मार्की खेलाडी हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल । एनपिएलमा कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन् ।

जारी एनपिएलमा कुशलको ब्याट मैदानमा जम्न सकेन् ।

आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगेका थिए । चितवनसँगको खेलमा बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिएका थिए । तर, खेलमा उनले तीन वटा क्याच भने समातेका थिए ।

दोस्रो खेलमा पनि जनकपुर बोल्ट्सविरुद्ध उनी चल्न सकेनन् । उनी जनकपुरविरुद्ध ६ बलमा एकचौका प्रहार गर्दै ६ रन मात्रै बनाएर आउट हुन पुगे ।

बलिङतर्फ पनि दुई दशमलव एक ओभरमा १८ रन खर्चिदैँ एक विकेट मात्रै हात पारे ।

अझैँ पाँच खेल बाँकी छ : कप्तान भुर्तेल

पोखरा एभेन्जर्सका कप्तान भुर्तेलले अझै ५ खेल बाँकी रहेकोले अन्य खेलमा राम्रो प्रर्दशन गर्ने बताउनुभयो । उहाँले आगामी ४/५ वटा खेलमा राम्रो प्रदर्शन गर्न सके अगाडी बढ्न सक्ने जिकिर गर्नुभयो ।

खेलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले आजको खेलको अन्तिम ओभरमा १५ रन थप जोड्न नसकेको बताउनुभयो । उहाँले अन्तिम ओभरमा १५ रन जोड्न सकेको भए खेलले अर्कै रुप लिने अर्कै मोड लिने धारणा राख्नुुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com