एनपीएल : उपाधि हात पार्ने दाऊमा लुम्बिनी लायन्स


प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदै छ । प्रतियोगिता हुन तीन दिन बाँकी रहँदा एनपीएलमा सहभागी ८ टोलीले अभ्यासलाई तीव्रता दिइरहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ । फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनी लायन्सले पनि उपाधि जित्ने लक्ष्यसहित आन्तरिक रूपमा टिमलाई बलियो बनाइरहेको छ । लुम्बिनीले ७ दिनसम्म रुपन्देहीको एक्ट्रा टेक ओभल क्रिकेट स्टेडियममा अभ्यास पनि गरिसकेको छ ।

को–को छन् स्वदेशी खेलाडी ?

रोहित मार्की खेलाडी रहेको लुम्बिनी लायन्स सन्तुलित छ । टिममा रोहितसहित अलराउण्डर विवेक यादव, विकास आग्री, अभिषेक गौतम छन् । यस्तै, ब्याट्सम्यानतर्फ दिनेश अधिकारी, आयुतोष धिरैया, सन्दीप जोरा छन् भने बलिन तर्फ सूर्य तामाङ, दुर्गेश गुप्ता, तिलक भण्डारी र विकेटकिपर अर्जुन साउद छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्जुन साउद, सन्दीप जोरा, विवेक यादव र सूर्य तामाङ नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । यस्तै, दुर्गेश गुप्ता, तिलक भण्डारी अन्डर १९ टिमबाट खेलिसकेका छन् भने आयुतोष धिरैया नेपाली ‘ए’ टिमबाट खेलिसकेका छन् ।

लुम्बिनी लायन्सको आइकोनिक खेलाडीको रूपमा आरिफ शान छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक कार्यक्रममा लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रशंसा गर्नुभएको थियो । जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुने धारणा राख्नुभएको थियो ।

“लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

चर्चित विदेशी खेलाडीहरूको प्रवेश

लुम्बिनी लायन्समा अस्ट्रेलियन अलराउन्डर बेन कटिङ भित्रिसकेका छन् । ३७ वर्षीय कटिङ दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर हुन् । सन् २०१६ मा उनी सहभागी सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको थियो भने फाइनल खेलको म्यान अफ दि म्याच पनि उनै बनेका थिए ।

लुम्बिनीबाट इंग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मूर्स पनि खेल्दै छन् भने बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स पनि लुम्बिनीमै छन् ।

लुम्बिनीले भारतीय युवा क्रिकेटर उन्मुक्त चन्दलाई अनुबन्ध गरिसकेको छ । चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए । उनी आइपिएल स्टार समेत हुन् ।

क्यानडाका पूर्व कप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफर पनि लुम्बिनीबाटै एनपीएल खेल्दै छन् । टी–२० आई क्रिकेटमा ४ ओभरको बलिङ स्पेलमा १ रन पनि नदिई कीर्तिमान बनाउने विश्वकै पहिलो बलर समेत हुन् ।

अनुभवी प्रशिक्षक

लुम्बिनी लायन्समा मुख्य प्रशिक्षकको रूपमा भारतीय नन्दन फाडनिस नियुक्त भइसकेका छन् । नेपालको राष्ट्रिय क्रिकेट टिमलाई प्रशिक्षण गरिसकेका फाडनिससँग राम्रो अनुभव पनि छ ।

उनी सन् २०१६ मा गोवा क्रिकेट सङ्घको अधिकार क्षेत्र अन्तर्गतका क्रिकेट टोलीका लागि प्रशिक्षक नियुक्त भएका थिए । उनले भारतीय क्रिकेटर उन्मुक्त चन्दलाई ब्याटिङको प्रशिक्षण समेत दिएका थिए । उनी २०२३ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि परामर्श प्रशिक्षक नियुक्त भएका थिए ।

यस्तै, लुम्बिनीको कन्सलट्यान्ट प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व खेलाडी शक्ति गौचन हुनुहुन्छ ।

लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरमा नेपाली चलचित्रका महानायकका रूपमा परिचय बनाउनुभएका राजेश हमाल हुनुहुन्छ ।

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण मङ्सिर १५ अर्थात् आगामी शनिबारदेखि सुरु हुँदै छ ।

एनपीएलमा लुम्बिनी लायन्ससहित विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

लुम्बिनीले एनपीएलमा पहिलो खेल मङ्सिर १९ गते विराटनगर किङ्ग्ससँग खेल्दै छ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा एक बजे सुरु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com