ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरमाथि भ्रष्टाचारको आरोप


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

काठमाण्डौं २८, भदौ । ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरले भ्रष्टाचारको आरोप लगाएर न्यायालयले व्यक्तिको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतका एकजना न्यायाधीशले टेमेयर विरुद्ध नया“ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अधिकार दिएको केही घण्टापछि नै टेमेयरले विज्ञप्ति मार्फत यस्तो आरोप लगाएका हुन् । हरेक दिन आरोपितको प्रतिक्रिया बिना व्यक्तिगत अधिकार हनन् भइरहेको बताएका छन् । ब्राजिलका अन्य नेताहरुसहित राष्ट्रपति टेमेयर ‘अपरेशन कार वाश’ भनिने भ्रष्टाचार काण्डमा तानिएका छन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् । यसमा उच्च तहका व्यक्तिका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ । अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपति पनि मुछिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com