रुसले आक्रमण बढाएपछि नयाँ वायु रक्षा प्रणाली उपलब्ध गराउन जेलेन्स्कीको आग्रह


प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार

UKRAINE-RUSSIA-CONFLICT-WAR

रूससँग शक्तिशाली नयाँ क्षेप्यास्त्रहरूको भण्डार प्रयोगका लागि तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ । युक्रेनी शहर ड्निप्रोमा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट पुटिनबाट यो भनाई बाहिर आएको हो ।

रूसी नेताले ओरेश्निक नामक क्षेप्यास्त्रलाई रोक्न नसकिने बताएका छन् । थप परीक्षण गरिने वाचा समेत गरेका छन् ।

ओरेश्निकको प्रयोगले यस हप्ता युद्धमा भएको तनावलाई उच्च तहमा पुराएको छ । जसमा युक्रेनले पहिलो पटक अमेरिकी र बेलायती क्षेप्यास्त्रहरू रूसतर्फ प्रहार गरेको थियो ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले विश्व नेताहरूसँग आग्रह गर्दै पुटिनलाई आफ्ना कामहरूको वास्तविक परिणाम महसुस गराउने गरि प्रतिक्रिया दिन माग गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पश्चिमी साझेदारहरूबाट नयाँ वायु रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरिरहेको उहाँले बताउनु भएको छ ।

अमेरिकी टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स प्रणाली प्राप्त गर्न वा आफ्नो प्याट्रियट एन्टि ब्यालेस्टिक मिसाइल प्रणाली अद्यावधिक गर्न युक्रेनले प्रयास गरिरहेको छ ।

पुटिनले ओरेश्निक हाइपरसोनिक क्षेप्यास्त्रहरू ध्वनिको गति भन्दा १० गुणा छिटो उड्ने बताउनु भएको छ । क्षेप्यास्त्रको प्रयोगलाई युक्रेनले स्टर्म श्याडो र एटकम्स क्षेप्यास्त्र प्रयोग गरेको प्रतिक्रियाको रूपमा प्रस्तुत गरिएको छ ।

ड्निप्रोमा भएको आक्रमणलाई प्रत्यक्षदर्शीहरूले असामान्य बताएका छन् । यस आक्रमणमा भएका विस्फोटहरू तीन घण्टासम्म जारी रहेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्रका लक्ष्यमा प्रहार गर्न लामो दूरीका एटकम्स क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको बताउनु भएको छ ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा पूर्ण मात्राको आक्रमण सुरु गरेको थियो । अहिले दुबै देशले जनवरीमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्नुअघि युद्धभूमिमा लाभ उठाउने प्रयास गरिरहेका छन् ।

ट्रम्पले युद्ध केही घण्टामा अन्त्य गर्ने वाचा गरे पनि कसरी भन्ने बारे विवरण दिनुभएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com