उपप्रधानमन्त्री महरा चीनको ल्हासा प्रस्थान


प्रकाशित मिति : भाद्र २५, २०७३ शनिबार

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार पुनः चीन गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतका रुपमा केही दिनअघि मात्रै चीन गएर फर्किएका महरा शनिवार पुनः चीनकाे ल्हासा प्रस्थान गरेका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीनको स्वशाषित क्षेत्र तिब्बतको ल्हासामा हुन लागेको ‘सांस्कृतिक तथा पर्यटन प्रदर्शन’मा भाग लिन जाँदैछन्। सिचुवान एयरलान्सबाट शनिबार ११ बजेको फ्लाइटबाट २ दिने ल्हासा भ्रमणका लागि महरा प्रस्थान गरेका छन्।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबारे अन्यौलपूर्ण खबरहरु आएपछि त्यस विषयमा छलफल गर्न महरा पुनः चीन जान लागेकाे बताइए पनि उनकाे राजनीतिक भेटघाट भने नहुने उनकाे निजी सचिवालयले जनाएकाे छ । चीनकाे ल्हासामा शनिबारदेखि शुरू हुने तेस्राे चाइना–तिब्बत टुरिजम एण्ड कल्चर एक्स्पाेमा सहभागी हुन चीन गएका हुन् । महरा उक्त कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा रहनेछन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबरमा हुने भनिएको भ्रमण स्थगन भएको चर्चा चलिरहेको अवस्थामा महराको ल्हासा भ्रमण भएको छ। यसअघि महरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूतको रुपमा साउन ३१ गते बेइजिङ गएका थिए। महराले ४ भदौमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने जानकारी गराएका थिए। यद्यपी भ्रमणको मिति भने तय भएको थिएन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आइतबार भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीका लागि महत दिल्ली जान लागेका हुन् । प्रचण्ड यहि भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com