अमेरिकाद्वारा नेपाललाई ५० अर्ब


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

भाद्र २८, २०७४-अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।

यसबारे अमेरिकी विदेश मन्त्रालयमा बिहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।

अमेरिकी कंग्रेसद्वारा नेपालको विषय र पछिल्लो राजनीतिक अवस्थाबारे लामो समीक्षा भई यसमा हस्ताक्षर हुन लागेको हो । सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत् लाइन निर्माण गरिनेछ । त्यसका लागि आवश्यक पर्ने सडक मर्मत सम्भार र सुधारका लागि काम गरिनेछ । तोकिएको स्थानमा सडक मर्मतपछि नयाँ सडक निर्माणमा समेत खर्च हुने उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प नेतृत्व सरकारको प्राथमिकतामा नेपाल परेको यो सहयोगले पुष्टि गरेको छ । नेपालको विकास प्रक्रियामा सहयोग र सम्बन्ध विस्तारअनुरूप अमेरिकाले परियोजना केन्द्रित यो ठूलो सहयोग नेपाललाई गर्न लागेको हो । यो सहयोग दक्षिण एसियामा अमेरिकाले गर्ने सहयोगमा सबैभन्दा ठूलो हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्व टिम मंगलबार अमेरिका प्रस्थान गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा हुने उक्त सम्झौतामा नेपालका तर्फबाट कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोहन जे सुलिभानले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । क्षेत्रीयस्तरमा सम्बन्ध विस्तार सुधार गर्न, निजी लगानीलाई प्रोत्साहन दिन, वृद्धिलाई अगाडि बढाउन र गरिबी न्यूनीकरण गर्नका लागि यस्तो सहयोग अमेरिकाले गर्ने भएको हो । नेपाल कम्प्याक्ट कार्यक्रम विद्युत् तथा यातायातको क्षेत्रमा केन्द्रित हुनेछ । यसमा अमेरिकाले ५० करोड डलर सहयोग गर्छ भने नेपाल सरकारले १३ करोड डलर थप्नुपर्ने हुन्छ ।

क्षेत्र र परियोजना तय गरेर अमेरिकाले सहयोग गर्न लागेको हो । यो सहयोगअन्तर्गत काम समापन गर्ने मितिसमेत निश्चित छ । हस्ताक्षर भएको दिनदेखि पाँच वर्षभित्र सहयोग सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा रकम फिर्ता जानेछ । एमसीसीको सञ्चालक समितिले नेपाललाई दिने अनुदान स्वीकृत गरेको चार सातापछि यो सम्झौता हुन लागेको हो । सम्झौता भएपछि यो रकम विकास परियोजनामा समय सीमा तोकेर कार्यान्वयनमा आउनेछ । ट्रम्प शक्तिमा आएपछि स्वीकृत गरेको एसीसीको यो पहिलो ठूलो कार्यक्रम हो । त्यो कार्यक्रम नेपाललाई नै परेकाले लामो छलफल भएको थियो ।

अमेरिकाले वैदेशिक सहायता घटाइरहेको भनिरहेको अवस्थामा नेपालले यो प्रकारको सहयोग पाउन लागेको हो । लामो समयपछि अमेरिकाले एकैपटक ठूलो लगानीमा काम अघि बढाउन लागेको हो । अमेरिकाले नेपालमा प्रारम्भिक चरणमा दिन लागेको दुईपक्षीय उक्त अनुदान सहयोग उसले नेपाललाई गरेको एकमुष्ट सहयोगमा सबैभन्दा ठूलो रहेको धारणा अमेरिकीहरूकै छ ।

अमेरिकी संसदको सत्तापक्ष र प्रतिपक्ष दुवैको सहभागिता रहेको एमसीसीको सञ्चालक समितिले नेपालमा प्राथमिकतामा राखेर सन् २०१४ देखि अध्ययन गरेको थियो । विभिन्न चरण पार गर्दै एमसीसीको ठूलो कार्यक्रमअन्तर्गत ‘कम्प्याक्ट’ कार्यक्रममा नेपालको लागि स्वीकृत भएको हो ।

अमेरिकी सहयोगको उक्त कम्प्याक्ट कार्यक्रम एमसीसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट रहेको अमेरिकी दूतावासले जनाएको थियो । नेपाल कम्प्याक्ट कार्यक्रमलाई एमसीसीको सञ्चालक समितिले स्वीकृत गरेको र अहिले सम्झौता मन्त्रीस्तरमा हुन लागेकाले आफूलाई खुसी लागेको अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले कान्तिपुरसँग टेलिफोनमा भने, ‘अमेरिका र नेपालको सम्बन्ध तथा सहकार्यको यो पछिल्लो उदाहरण हो । अमेरिका नेपालको विकास प्रक्रियामा निकै सकारात्मक छ । हामीले पनि विकासका लागि आवश्यक पर्ने आधारहरू तय गर्दै गएका छौं ।’

नेपाल सरकारबाट लगानी रहने उक्त कार्यक्रममा सरकारको पनि अपनत्व रहने हुनाले थप प्रभावकारी बन्ने उनको छ । विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्नका साथै एमसीसीको नीतिगत स्कोर बोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनअनुरूप नै यो सहयोग आएको धारणा अर्थ मन्त्रालय र नेपाली दूतावास डीसीको छ ।

नेपालले २०७२ असोजमा नयाँ संविधान जारी गरी यसै वर्ष दुई चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिसकेको छ भने तेस्रो चरण निर्वाचनको लहर चलिरहेको अवस्थामा यो सम्झौता हुन लागेको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com