नेपाल यु–१९ महिला क्रिकेट विश्वकपका लागि छनोट
प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार
Nepal fans cheer as they arrive for an ICC Men’s T20 World Cup cricket match between the Netherlands and Nepal at Grand Prairie Stadium in Grand Prairie, Texas, Tuesday, June 4, 2024. (AP Photo/Julio Cortez)
नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा ग¥यो । ्नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् ।
त्यसअघि, घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रन बनाइन् ।
नेपालका लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् ।
यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालले यसअघि पाँचमध्ये चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गरेको थियो ।
उक्त खेलमा १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
पछिल्लो जितसँगै नेपालले सन् २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला विश्वकपका लागि छनोट भएको छ ।






