हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने बेलायतको घोषणा


प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार

बेलायतले सन् २०३५ सम्ममा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य तय गरेको छ । प्रधानमन्त्री किर स्टार्मरले सरकारले जलवायु परिवर्तनमा आफ्नो महत्वाकांक्षा बढाइरहेको बताउनु भयो ।

अघिल्लो सरकारले सन् २०२१ को तुलनामा यसै अवधिमा यस्तो उत्सर्जनलाई ७८ प्रतिशतले नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको थियो ।

अजरबैजानको बाकुमा कोप २९ जलवायु सम्मेलनको सुरुआतमा भाग लिँदा स्टार्मरले नयाँ लक्ष्य घोषणा गर्नुभयो । सम्मेलनमा उहाँ प्रमुख अर्थतन्त्रका एक मात्र जी–२० नेताहरू मध्ये एक हुनुहुन्छ ।

बेलायती नेताले आफ्नो सरकारले नयाँ उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न ‘मानिसहरूलाई आफ्नो जीवन कसरी बाँच्ने भनेर बताउन सुरु गर्नेछैन’ भनी जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टार्मरले ‘महत्त्वाकांक्षी’ तर ‘साकार लक्ष्य’ भनेको यो लक्ष्य पूरा गर्न मन्त्रीहरूद्वारा पहिले नै गरिएका प्रयासहरूको प्रशंसा गर्नुभयो ।

उहाँको लेबर सरकारले उत्तरी सागरमा कुनै नयाँ तेल र ग्यास अन्वेषण इजाजतपत्र जारी नगर्ने र सेप्टेम्बरमा बेलायतको अन्तिम कोइला शक्ति संयन्त्र बन्द गरेको बताएको छ ।

प्रधानमन्त्री स्टार्मरले यसले बेलायतलाई ‘जी–७ अर्थतन्त्रमध्येको पहिलो देश’ बनाएको र अब यसले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई प्राथमिकता दिएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com