ह्यारिसद्धारा समर्थकलाई संबोधन : निराश नहुनु , संघर्ष बाँकी छ


प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

Democratic presidential nominee Vice President Kamala Harris speaks at a campaign rally in Savannah, Ga., Thursday, Aug. 29, 2024. (AP Photo/Jacquelyn Martin)

उप–राष्ट्रपति कमला ह्यारिसले आफना समर्थकहरुलाई निराश नहुन आग्रह गर्नुभएको छ । आफ्नो अध्ययनस्थल हावर्ड विश्वविद्यालयबाट सम्बोधन गर्दै उहाँले आफ्ना समर्थकहरूलाई निराश नहुन र यो अभियानलाई प्रेरित गरेको संघर्षलाई जारी राख्न आग्रह गर्नुभएको हो ।

यो चुनावको परिणाम हाम्रो चाहना अनुसार भएन, हाम्रो संघर्ष र हाम्रो मतको सम्मान भएन, तर मेरो कुरा सुन्नुहोस्, जबसम्म हामी हार मान्दैनौं र लडाई जारी राख्छौं, अमेरिका सधै उज्यालो रहनेछ ।

ह्यारिसले चुनाव परिणामलाई स्वीकार्नुपर्नेमा जोड दिनुभयो । ट्रम्पसँग शान्तिपूर्ण सत्ताको हस्तान्तरणको लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो अमेरिकी प्रजातन्त्रको आधारभूत सिद्धान्त चुनाव हार्नेले परिणाम सहर्ष स्वीकार गर्नु हो । एकाधिकार र प्रजातन्त्रबिचको फरक यहि हो जसलाई अमेरिकनहरुले सधै सम्मान गर्ने गर्दछन ह्यारिसले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले राष्ट्रले राष्ट्रपतिमा नभई संविधान, आफ्नो विवेक र ईश्वरप्रति वफादारी राख्नुपर्नेमा जोड दिनुभयो । यो चुनावमा मैले हार स्वीकार गरें, तर यो अभियानलाई प्रेरित गरेको लडाइँलाई हार मान्दिन ह्यारिसले भन्नुभयो ।

उप–राष्ट्रपतिले प्रजातन्त्र, कानूनको शासन र समान न्यायको लागि संघर्ष जारी राख्ने प्रतिज्ञा गर्नुभयो । ह्यारिसले ट्रम्पलाई फोन गरी चुनाव जितेकोमा बधाई दिनुभएको थियो ।

उहाँले उपराष्ट्रपतिका रूपमा ६ जनवरीमा संयुक्त सत्रमा इलेक्टोरल मतहरूको गणना गर्ने र ट्रम्पको विजयलाई प्रमाणित गर्नुहुनेछ ।

ट्रम्प अभियानका प्रवक्ता स्टिभन चेउङले फोन कलको क्रममा ट्रम्पले ह्यारिसको साहस, पेशागत व्यवहार र अभियानको दौरानमा देखाएको दृढतालाई सम्मान गरेको उल्लेख गर्नुभयो । दुवै नेताहरूले देशलाई एकताबद्ध राख्ने महत्त्वमा सहमति जनाएका थिए ।

राष्ट्रपति जो बाइडेनले पनि ह्यारिसलाई फोन गरेर ऐतिहासिक अभियानको लागि बधाई दिनुभएको छ । ट्रम्पसँग पनि कुरा गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com