उपाधि जित्ने नेपालको सपना अधुरै, बंगलादेश बन्यो च्याम्पियन
प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप काठमाडौँ ,१४ कात्तिक : काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी। तस्बिर : प्रदीपराज वन्त/रासस
साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २(१ गोल अन्तरले हराएको हो ।
नेपाल पुनः एकपटक उपविजेतामा सीमित बनेको छ ।






