चराविद् राजेन्द्र सुवालसँग कागका कुरा, यस्ता छन् रोचक पक्ष


प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार

आज काग तिहार पर्व । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर साथैँ कागको पुजा गरेर मनाइएको छ ।

आउनुस्, कागका आनीबानी तथा रोचक पक्षहरु बारे जानौं ।

कागलाई यमदूतका रुपमा लिइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा लिइदैँ आइएको हो । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने चल्न चल्दै आएको छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागको सामाजिक संरचना बलियो हुन्छ । उनीहरु एक आपसमा मिलेर बस्ने र एक अर्कालाई सहयोग गर्न रुचाउँछन् । एकलाई दुःख पर्दा समूहमै आउँछन् । उनीहरुको संरचना सेनाको फौज जस्तै छ । “वान फर अल, अल फर वान” को रुपमा कागहरुले सहकार्य गर्छन् ।

पंक्षी संरक्षणकर्मी तथा चराविद् राजेन्द्र सुवाल भन्नुहुन्छ, “कागलाई हेर्दा खेरी “वान फर अल, अल फर वान” भन्ने छ नि सेनाको फौज जस्तैः हो । एक जनालाई दुःख पर्यो भने सबै जनाले सहयोग गर्छन् ।”

चराविद् सुवालका अनुसार कागले एक्लै खान रुचाउँदैन् । खाना अलिकति बढी हुनासाथ सबैलाई डाँकेर बोलाउँछ । उनीहरुमा एकले अर्कालाई सहयोग गर्ने संरचना छ ।

विगतको कुरा स्मरण गर्दै सुवालले भन्नुभयो, “मुस्ताङतिर कतै जानुभयो भने तपाइँ आएको पहिले नै थाहा पाउन्थ्यो । नयाँ मान्छे गाउँमा छिर्दा बित्तिकै उसले आवाज दिन्थ्यो । अनि गाउँलेले थाहा पाउन्थ्यें । काग र मनुष्यको सम्बन्ध समधुर छ ।”

काग एकदम चलाख हुन्छ । कागहरु जोडि बस्न रुचाउँछन् । कागले अरु चराहरुमाथि हाबी हुन खोज्छ । कागलाई मन नपर्ने चरा आफ्नो बासस्थानतिर आयो भने सबै मिलेर खेदाउँछन् । “कागलाई मन नपर्ने चरा आयो भने सबैले मिलेर लखेट्छन् ।”, सुवालले भन्नुभयो ।

सहरको कौशी खेतीमा समेत बाँदर आयो भने कागले कराएर सन्देश दिने चराविद् सुवाल बताउनुहुन्छ । कागले भान्सादेखि सिनोसम्म खान्छ । चिसोदेखि तातो ठाउँसम्म काग सजिलै बस्न सक्छ । चामलदेखि मासु, फलफुलसम्म कागले खान्छन् । तर, कागले किसानको खेतवारी र फलफूल भने सकाप पार्छ ।

गुडँ मजबुत
कागले आफ्नो गुडँलाई मजबुत बनाएको हुन्छ । घर तथा भवनहरु ढलान गर्दा प्रयोग हुने फलामका तारहरुलाई समेटेर कागले गुडँ बनाउने चराविद् सुवाल बताउनुहुन्छ । सामान्य हावाहुरी आउँदा समेत कागको गुडँ सुरक्षित हुन्छ ।

काग भन्दा कोइली चतुर
चराविद् सुवाल काग भन्दा कोइली चतुर हुने गरेको बताउनुहुन्छ । बच्चा जन्माउने बेलामा कोइलीले कागको गुडँमा गएर अण्डा राखिदिने गर्छ । कोइलीले अरुको गुडँमा अण्डा पारिदिने र आफुले नहुर्काउने गर्छ । त्यसले पनि कोइलीले कागको गुडँमा गएर अण्डा पारिदिने उहाँको बुझाइ छ ।

गुडँको नजिक आए आक्रमण
कागले आफ्नो गुडँलाई मजबुत बनाएको हुन्छ । यहीँ कोही गुडँको नजिक जान खोज्यो भने आक्रमण गर्ने गर्छ । यदी घरको लाई चिनेको खण्डमा भने कागले केही पनि गर्दैन् । तर, बाहिरी व्यक्ति गुडँ नजिक जान खोज्यो भने सबैलाई डाँकेर लखेट्ने गर्छ ।

यस्ता हुन्छन् काग
सामान्य त नेपालमा घरकाग, वनकाग र उच्च हिमाली भेगमा पाइने राजाकाग पाइन्छ ।

सुवालका अनुसार खैरो टाउको भएको काग घरकाग हो । यस्तै, जंगलमा पाइने काग “ लार्ज बिल्ड क्रो” हो । यो काग पूरै कालो हुन्छ । बस्तीको छेऊछाऊमा मात्रै बस्न रुचाउँछ ।

उच्च हिमाली भेगमा पाइने राजाकागलाई “रिभेन” पनि भनिन्छ । यी काग मुस्ताङ लगायतका क्षेत्रमा पाइन्छन् । यसको उडानको गति “फाइटर जेट” को जस्तै हुने गरेको सुवाल बताउनुहुन्छ ।

काग विद्युत्को पोल तथा तारमा सजिलै बस्न सक्छ । कागलाई जिब्रोबाट मात्रै करेन्ट लाग्ने गर्छ । यदी जिब्रोले तार छोयो भने करेन्ट लाग्छ । साथै, घटनास्थलमै कागको मृत्यु हुनसक्छ ।

विकसित देशहरुमा वैज्ञानिकहरुले कागलाई कुनै प्वालबाट समान निकाल्ने प्रशिक्षण देखि कागको प्रयोग गरेर मान्छे चिन्नेसम्म बनाउने गरेको सुवाल बताउनुहुन्छ ।

(पंक्षी संरक्षणकर्मी तथा चराविद् राजेन्द्र सुवालसँगको कुराकानीमा आधारित)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com