बिपि जयन्तीमा न्युयोर्कमा रक्तदान


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

बिपि कोईरालाको १०४ औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रगतदान गरेका छन् ।

न्युयोर्कमा जनसम्पर्क समिति लङआईल्याण्ड च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा जनसम्पर्क समिति सभापति आनन्द विष्ट, पूर्व संयोजक विष्णु सुवेदी, जनसम्पर्क समितिका संगठन प्रमुख वेदप्रसाद खरेल, केन्द्रिय सदस्य परमानन्द खनाल, रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला लगायत सहभागि थिए ।

प्रवासमा रहेर पनि समाजसेवालाई निरन्तरता दिनुपर्छ भन्ने मनशायले रक्तदान कार्यक्रमको आयोजना गरिएको च्याप्टर सभापति विश्वराज बास्तोलाले जानकारी दिए । उनले भने, खेर जाने रगत अरुका लागि काम लाग्छ भन्ने हामी सबैमा चेतना हुनुपर्छ, हामीले यही मान्यता अनुरुप यो कार्यक्रमको आयोजना गरेका हौं ।

यस्तै कार्यक्रममा जनसम्पर्क समितिका अन्य च्याप्टर र सर्वसाधारणको समेत उपस्थिति रहेको बास्तोलाले जानकारी दिए । उनले कार्यक्रमका उपस्थित हुने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । रक्तदान कार्यक्रमसंगै आयोजना गरिएको औपचारिक कार्यक्रममा उपस्थित कांग्रेस नेताहरुले विपिको समाजवादको ब्याख्या गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com