ट्रम्प भन्नुहुन्छ : अमेरिका गलत दिशामा गइरहेको छ


प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

अमेरिकाका पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताउनु भएको छ ।

जर्जिया राज्यमा भएको कार्यक्रममा ट्रम्पले भन्नुभयो : अमेरिका गलत दिशामा गइरहेको छ, र धर्म नै त्यो कड़ी हो जसले अमेरिकालाई एकताबद्ध राखेको छ ।

यस अवसरमा ट्रम्पले जुलाईमा आफू माथी भएको आक्रमणको स्मरण गर्दै भन्नुभयो यो चमत्कार नै हो किनकी म अहिले पनि बोल्न सकिरहेको छु ।

उहाँले कमला ह्यारिस अयोग्य र राम्रो व्यक्ति नभएको आरोप लगाउनु भयो । उहाँले यो आरोप प्रायस कार्यक्रममा ह्यारिसबिरुद्ध लगाइरहनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व प्रमथ महिला मिचेल ओबामालाई ट्रम्पले दुष्टको संज्ञा दिनुभयो । मिचेल ओबामाले ट्रम्पलाई अत्यन्तै अयोग्य उम्मेदवार भन्दै आलोचना गर्नुभएको थियो ।

उता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफु मानसिक परीक्षणका लागि तयार रहेका भन्दै ट्रम्पलाई पनि यस्तो परीक्षण गर्न चुनौती दिनुभएको छ ।

अमेरिकामा राष्ट्रपति चुनावको मतदान ५ नोभेम्बरमा हुनेछ । यस चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार रहनु भएको छ भने डेमोक्र्याटिक पार्टीले कमला ह्यारिसलाई आफ्नो उम्मेदवार बनाएको छ । कमला ह्यारिस हाल अमेरिकाकी उपराष्ट्रपति पनि हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com