Follow @khasokhasmag

टेक्सासमा भएाको गोलीकाण्डमा आठको मृत्यु


प्रकाशित मिति : भाद्र २६, २०७४ सोमबार

अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको छ ।
हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन् ।

तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।

गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पु¥याएपछि मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा परी अर्का एकजना घाइते छन् । यस घटानमा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ । तर उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com