नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेलअगावै सिरिजको उपाधि
प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार

Nepal’s Kushal Bhurtel runs to score against the Netherlands during an ICC Men’s T20 World Cup cricket match at Grand Prairie Stadium in Grand Prairie, Texas, Tuesday, June 4, 2024. (AP Photo/Julio Cortez)
नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा पनि जित निकालेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपरओभरमा हराएको हो ।
सुपरओभरमा अमेरिकाले दिएको तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गरेको हो । यो सँगै नेपालले शृंखलामा २–० को अग्रता बनाउँदै एक खेलअगावै सिरिजको उपाधि जितेको छ ।
आइतबारको खेलमा नेपालले अमेरिकाविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
खेलमा नेपालले निर्धारित २० ओभरमा १७० रन बनाउँदै अमेरिकालाई १७१ रनको लक्ष्य दियो ।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले पनि १७० रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको हो ।