बाइडेन र ह्यारिस आँधी प्रभावित क्षेत्रमा , गलत सूचना फैलाएको ट्रम्पमाथी आरोप
प्रकाशित मिति : आश्विन २७, २०८१ आईतबार

President Joe Biden greets Vice President Kamala Harris in the Red Room of the White House, Thursday, March 23, 2023, prior to an Affordable Care Act Anniversary event. (Official White House Photo by Adam Schultz)
अमेरिकी राष्ट्रपति जो बाइडेनले मिल्टन आँधीले क्षति पुराएको फ्लोरिडाको अवलोकन गर्नुभएको छ । आँधी प्रभावितहरुका लागि आपतकालीन विपद राहतको लागि बाइडेनले कंग्रेसलाई दवाव दिइरहनु भएको बेला यो अवलोकन भएको हो ।
उपराष्ट्रपति कमला ह्यारिस उत्तर क्यारोलिनामा आफ्नो दोस्रो दिन बिताउदै हुनुहुन्थ्यो । उहाँले हरिकेन हेलेनले ठूलो क्षति पुर्याएको अवलोकन गर्दै हुनुहुन्थ्यो । उहाँ अश्वेत समुदायका चर्चका अनुयायीहरूसँग पूजा गर्न र चुनावी सभा आयोजना गर्न त्यहाँ पुग्नु भएको हो ।
बाइडेन टाम्पामा ओर्लिएपछि हेलिकप्टरबाट सेंट पिट बीच पुग्नु भयो । उहाँले हरिकेन मिल्टनले पुर्याएको विनाश अवलोकन गर्नुभयो ।
राष्ट्रपति सवार मोटरकेडले राजमार्गमा यात्रा गर्दा भग्नावशेषका थुप्रो, च्यातिएका होर्डिङहरू, पल्टिएका बारहरू, ढलेका रुखहरू र बन्द भएका पेट्रोल पम्पहरू देखिएका थिए ।
यो भ्रमणले बाइडेनलाई कंग्रेसबाट थप राहत कोषको स्वीकृतिका लागि हाउस स्पिकर माइक जोनसनलाई दबाब दिन अर्को अवसर प्रदान गरेको छ ।
जोनसनले चुनावपछि यो विषयमा निर्णय गर्ने बताउनु भएको छ । उहाँले कोषको अनुमान गर्न समय लाग्ने बताउनु भयो ।
डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार कमला ह्यारिस रैलेमा अश्वेत निर्वाचित र धार्मिक नेताहरूसँग भेट गर्न र पश्चिमी भागमा हरिकेन हेलेन पीडितहरूलाई व्यक्तिगत हेरचाह सामग्री प्याक गर्न स्वयंसेवकहरूको सहयोग गर्न पुग्नु भएको थियो ।
ग्रीनभिलमा समय बिताउँदै ह्यारिसले चर्चको सेवामा भाषण गर्ने योजना पनि छ । अभियानको सोल्स टु द पोल्स पहलमार्फत चुनावअघि अश्वेत समुदायका मतदाताहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखिएको थियो।
आफ्नो आर्थिक योजनाहरूको बारेमा कुरा गर्न र राज्यमा प्रारम्भिक मतदानको सुरुवातलाई उजागर गर्न र्यालीको आयोजना गर्ने योजना ह्यारिसको पनि थियो।
ह्यारिस र उहाँका उपराष्ट्रपति उम्मेदवार मिनेसोटाका गभर्नर टिम वाल्जले आउँदो हप्ता पेन्सिलभेनिया, मिशिगन, विस्कन्सिन र उत्तर क्यारोलिनामा चुनावी अभियान चलाउने तयारीमा हुनुहुन्छ ।
चुनावमा अब चार हप्ताभन्दा कम समय बाँकी रहँदा, यी आँधी र तुफानहरुले राष्ट्रपति चुनावको प्रतिस्पर्धामा नयाँ आयाम थपेका छन्।
रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको आँधीको प्रतिकार्यलाई विशेष गरी उत्तर क्यारोलिनामा हरिकेन हेलेनपछि अपर्याप्त भएको आरोप लगाउनु भएको छ ।
बाइडेन र ह्यारिसले ट्रम्पलाई संघीय प्रतिकार्यको बारेमा गलत सूचना फैलाएको आरोप लगाउनु भएको छ ।