अमेरिकामा राष्ट्रपतिको चुनाव : ह्यारिसको स्वास्थ्य विवरण सार्वजनिक , ट्रम्पको कहिले ?


प्रकाशित मिति : आश्विन २६, २०८१ शनिबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू उत्कृष्ट स्वास्थ्यमाू रहेको बताउनु भएको छ ।

आफ्नो चिकित्सकबाट प्राप्त एउटा पत्र सार्वजनिक गर्दै उहाँले केही साना स्वास्थ्य समस्याहरू सफलतापूर्वक व्यवस्थापन गरिरहेको बताउनु भएको हो ।

ह्यारिसको अभियानले यस जानकारीलाई आफ्नो प्रतिद्वन्द्वीले स्वास्थ्य सम्बन्धी विवरण नदिएको कुरालाई फाइदा उठाउने प्रयास गरेको छ। किनकी अर्का प्रतिश्पर्धी डोनाल्ड ट्रम्पले आफनो पछिल्लो स्वास्थ्य बिवरण सार्बजनिक गर्नुभएको छैन ।

५९ वर्षीया ह्यारिसलाई मौसमसँग सम्बन्धित एलर्जी, हल्का नजिक देख्ने समस्या (नियरसाइटेडनेस) र छालामा हल्का उब्जिने समस्याहरू (हाइभ्स) छन । उहाँले ति समस्याहरुको औषधि र चिकित्सकको प्रेस्क्रिप्सनबाट उपचार गराइरहनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपराष्ट्रपति का चिकित्सक जोशुआ आर सिमन्सले लेखेका पत्रमा ह्यारिसलाई शारीरिक र मानसिक रूपमा राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्न सक्षम भनिएको छ।

उहाँले भन्नुभयो ह्यारिसमा मधुमेह, कोलेस्ट्रोल, मुटुको रोग, क्यान्सर, वा कुनै न्युरोलोजिकल समस्या छैन। यो जानकारी विशेषगरी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी नदिएको अवस्थामा सार्वजनिक भएको हो ।

७८ वर्षीय ट्रम्पले यस्ता आधारभूत स्वास्थ्य जानकारी सार्वजनिक गर्न अस्वीकार गर्नुभएको छ । यद्यपि राष्ट्रपति पदका उम्मेदवारहरूलाई आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी सार्वजनिक गर्न कुनै बाध्यता छैन ।

चुनावको समयमा स्वास्थ्य रिपोर्टहरूलाई उमेदवारलाई सकारात्मक रूपमा चित्रण गर्न प्रयोग गरिन्छ। डाक्टर सिमन्सले ह्यारिसको पछिल्लो स्वास्थ्य परीक्षण अप्रिलमा भएको र उहाँले दैनिक रूपमा कडा शारीरिक अभ्यास गर्ने बताउनु भएको छ ।

हयारिसले ३० देखि ४५ मिनेट सम्मको कसरत गर्ने बताउनु भएको छ । अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपति पदको लागि चुनाव हुदैछ । उक्त चुनावमा ट्रम्प र हयारिसआम्नेसाम्ने हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com