सिरियामा युद्धविराम गर्न अमेरिका-रुस सहमत


प्रकाशित मिति : भाद्र २५, २०७३ शनिबार

सिरियामा सोमवारबाट सुरु हुनेगरी युद्धविराम गर्न अमेरिका र रुस सहमत भएका छन् ।  युद्धविरामको अवधिमा सिरिया सरकारलगायत युद्धरत सबै पक्षले हवार्इ वा स्थल अाक्रमण नगर्ने सहमति भएको छ ।

युद्धविराम ७ दिनसम्म कायम रहन सकेमा र मानवीय सहायता सुरु हुन सकेमा अमेरिका र रुसले सिरियामा अातंककारीका केन्द्रमा अाक्रमण गर्न संयुक्त कार्यान्वयन केन्द्र स्थापना गर्ने जानकारी संयुक्त राष्टसंघका महासचिव बान की मुनले दिएका छन् ।

युद्धविराम सम्झाैता अमेरिकी विदेश मन्त्री जोन केरी र रुसी विदेश मन्त्री सर्गेइ लवरोवबीच भएको लामो वार्ताको परिणाम मानिएको छ । यही विषयमा राष्ट्रपति द्वय बाराक अाेबामा र व्लादिमिर पुटिनबीच चीनमा पनि छलफल भएको थियो । पाँच वर्षदेखि हिंसा जारी रहेको मध्यपूर्वी राष्ट्र सिरियामा सोमवारबाट युद्धविराम सुरु हुने छ । सिरियाको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको छ ।

यो युद्धविराम विपक्षी तथा सरकारी सेनाकै तर्फबाट पालना होला र सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि शान्तिको सार्थक प्रयास सफल होला भन्नेमा धेरैको आशंका नै रहेको पनि बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com