महिलाले रथ तानेर ईन्द्रजात्रा समापन,


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

इन्द्रजात्राको अन्तिम दिन आइतबार राजधानीका महिलाले रथ तानेर समापन गरेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानर जात्रा समापन गरेका हुन् ।

हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ भएको जात्राको आइतबार अन्तिम दिन महिलाहरुले रथ तान्ने परम्परा रहेको छ ।

८ दिन सम्म मनाइने जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । महिलाले रथ बसन्तपुरबाट नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै बसन्तपुरसम्म तानेका थिए ।

 

यता भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको आठ दिनसम्म मनाउने परम्परागत ईन्द्रजात्राको आठौ दिन आईतबार पुलुकिसी जात्रा मनाइएको छ ।

 

प्रत्येक वर्ष आश्विन कृष्ण चौथीका दिन मनाइने पुलुकिसी जात्रा तौमढीमा ल्याएर भैरवको मन्दिरमा रहेको शक्तिशाली आकाश भैरवलाई पूजा गरी पुलुकिसी जात्रा सुरु गर्ने गरिन्छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई जात्राका क्रममा वंशगोपाल चोकमा धान खुवाउने,दरबार क्षेत्रमा छ्वाली बालेर आगो तपाउने र दत्तात्रयस्थित (तल्ला तुन्छी) इनारमा पानी खुवाउने प्रचलन रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com