प्रधानमन्त्री दाहाललाई ओलीको चुनौति


प्रकाशित मिति : भाद्र २५, २०७३ शनिबार

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसँग एमाले नेतृत्वको सकरारले गरे भन्दा भन्दा राम्रो कुनै सम्झौता गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन् ।

भारत भ्रमणको तयारीमा रहेको दाहाललाई ओलीले आफ्नो सरकारले गरेका दुई देशसँगको सम्झौताको फहेरिस्त बताउँदै त्यो भन्दा उच्चस्तरको कुनै सम्झौता हुन्छ कि हुँदैन हेर्न चाहेको उल्लेख गरे । ‘म भन्दा अघिको सककारले भारतसँग सम्बन्ध विगारेको थियो, नाकाबन्दी भएको थिए तराईमा आगो बलेको थियो, मैल आएपछि सबै हट्यो भारतको राजकीय भ्रमण भयो, विसाखापट्नम बन्दरगाह सञ्चालन लगायतका सम्झौता भए, चीनसँग पनि सम्झौता भए अनि मैले नै सम्बन्ध बिगारेँ ?’ एमाले युवा तथा खेलकुद विभागले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘सम्बन्ध सुधारेको भाषण गर्नेहरुले त्यो भन्दा राम्रो सम्झौता गरेर देखाए हुन्छ ।’

भारत र चीनको बाटो हुदै समुद्रसम्मको पहुँच राख्ने गरी ढोका खोल्नु असन्तुलित सम्बन्ध हो भन्दै ओलीले प्रश्न गरे । उनले दाहाल नेतृत्वको सरकार अन्त कतैको डिजाइनमा बनेको आरोप लगाउदै यसले संविधान कार्यान्वन हुन नदिएर मुलुकलाई अप्ठेरो पार्ने दिशातर्फ अघि बढिरहेको जिकिर गरेका कान्तिपुरमा खबर छ । ‘यो सरकार ‘इिजाइन समह्वेयर, एसेम्बल्ड इन नेपाल’ हो’ उनले अमेरिकी कम्पनी एप्पलको आइफोनको उदाहरण दिंदै भने,‘ संविधानको कार्यान्वयनलाई धरापमा धकेकल्दैछ, सहमतिको होइन भिडन्तको राजनीतितर्फ जान चाहिरहनुभएको छ ।’

अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्री दाहालले बिहीबार गरेको सम्बोधनलाई मयूरको प्वाँख लगाएर मान्छे नाच्ने नक्कली मयूर नाचको संज्ञा दिए । ‘हिजो (बिहीबार) संसदमा भाषण भनौं कि मयूर नाच त्यस्तै चीज देखियो,’ अध्यक्ष ओलीले भने,‘न चीनिया राष्ट्रपतिको भ्रमणको कुरा कुरा आयो, न भारत भ्रमण एक जना उप्रधानमन्त्री फास्टट्रयाक यसो उसो गरिन्छ भन्दैछन् त्यसबारे पनि केही आएन विकास कसरी गर्ने भन्ने कुरै छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com