आफ्ना नागरिकलाई अष्ट्रेलिया सरकारले भन्यो – विमानस्थल बन्द हुन सक्छ, तुरुन्तै लेबनान छोड्नू


प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

LEBANON-ISRAEL-PALESTINIAN-CONFLICT

बढ्दो द्वन्द्व र अशान्तिकाबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्नका लागि विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) ले एयरलाइन्ससँग समन्वय गरिरहेको बताउनुभएको छ ।

पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीच अष्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्नका लागि सरकारको बारम्बार चेतावनी दिईरहेको छ ।

लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केहि समय धैर्य गर्न आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताउनुभएको छ ।

डिएफएटीद्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखिनै लेबनानका लागि “यात्रा नगर्न सल्लाह दिदै आएको जनाइएको छ ।

लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतङ्ककावादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ ।

यसै बीच अष्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डिएफएटीको सङ्कट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछोड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्वतयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ ।

यसअघि अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तिमा १५ हजार देखि ३० हजार अष्ट्रेलियालीहरू अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com