म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीबाट एक महिनाका लागि युद्धविराम घोषणा


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

काठमाण्डौं २५, भदौ ।म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् ।

सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि भन्दै रोहिंग्या बिद्रोही समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा हो । युद्धविराम हिजोदेखि लागु भएको हो । अर्साले गएको अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको राखिने राज्यमा तनाव बढेको छ त्यसयता सेनाले राखिने क्षेत्रमा कारवाही अभियान चलाउँदै आएको छ । द्वन्द्वका कारण पछिल्लो दुई हप्तामा मात्रै राखिनेबाट दुई लाख ९० हजार भन्दा बढी रोहिंग्या मुसलमान बंगलादेश शरण लिन पुगेका छन् । धेरैजसो रोहिंग्या मुसलमान बंगलादेशको कक्स बजार पुगेका छन् ।

संयुक्त राष्ट्रसंघले युद्धका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो रहेको बताएको छ । कक्स बजारमा रहेका रोहिंग्या शरणार्थीका लागि खाद्यन्न, पानी तथा औषधि अत्यावश्यक रहेको र त्यसका लागि सहयोग गर्न सहयोगी संस्थासँग राष्ट्रसंघले आग्रह गरेको छ । बुद्धिस्ट बाहुल्य म्यानमारमा सेनाले राखिनेका रोहिंग्या मुसलमानको घर जलाएको पीडितले आरोप लगाएका छन् । त्यसमा राखिनेका बुद्धिस्टले पनि सेनालाई साथ दिएको आरोप छ । तर सेनाले भने आफूहरुले त्यस्तो केही नगरेको दाबी गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com