मेक्सिकोमा भूकम्पपछि उद्धार कार्य जारी


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।

भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित गरिएको छ।

आपतकालीन सहायता सामाग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान शहरमा परिचालन गरिएको छ।

८ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय शोक

मृत्यु हुनेमध्ये वहाका राज्यका ७१ जना रहेको सरकारका प्रवक्ताले बताएका छन्।

अति प्रभावित फुचितान शहरका मेयरले उक्त शहर आफ्नो इतिहासमै पीडादायी अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

भूकम्प

अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन्।

राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेका छन्।

सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।

शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएको थियो।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com