अमेरिका र सहयोगीको युद्धविराम प्रस्ताव इजरायलद्धारा अस्वीकार


प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार

अमेरिका , बेलायत सहित युरोपियन युनियनले हिज़बोल्लाहसँग युद्धविरामका लागि गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ ।

अमेरिकासहितका सहयोगी राष्ट्रहरूले युद्ध रोक्न इजरायलसंग आग्रह गरेका थिए । इजरायली युद्धविमानहरूले लेबनानमा बमबारी गरेका छन् ।
बेरूतको दक्षिणी उपनगरहरूमा गरिएको आक्रमणले राजधानी हल्लाएको छ। इजरायली सेनाले आफ्नो सीमा क्षेत्रमा स्थलगत आक्रमणको अभ्यास समेत सुरु गरेको छ ।

लेबनानमा इरान समर्थित हिज़बोल्लाहमाथि निरन्तर दबाब, हवाई हमलाहरू र वरिष्ठ कमाण्डरहरूको हत्या लगायतले क्षेत्रीय युद्ध फैलने चिन्ता उत्पन्न गराएको छ।

इजरायली सेनाले उत्तरी सीमा सुरक्षित गर्ने र त्यहाँका हजारौं नागरिकलाई उनीहरूको समुदायमा फर्काउने प्रतिज्ञा गरेको छ। त्यसका लागि सेनाले आफ्नो ७ औं ब्रिगेडको अभ्यास लेबनानी सीमाबाट केही किलोमिटर टाढा सम्पन्न गरेको जनाएको छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

इजरायली सेनाले बेरूतमा लक्ष्यित आक्रमण गरेको बताएको छ। आक्रमणमा हिज़बोल्लाहको एक वरिष्ठ नेतालाई लक्षित गरिएको बताइएको छ ।

इजरायली विदेशमन्त्री इस्राएल काट्जले ूउत्तरमा कुनै युद्धविराम हुने छैन भन्नुभएको छ । बिजयी नहुँदा सम्म र उत्तरी क्षेत्रबाट बासिन्दाहरु सुरक्षित रुपमा आफनो घर नफर्कदा सम्म हिजबुल्लाह बिरुद्ध सम्पुर्णशक्ति परिचालन गरी लडाई जारी राख्ने विदेशमन्त्रीले बताउनु भयो ।

लेबनानमा २००६ यताको इजरायली आक्रमणकै सबभन्दा ठूलो बमबारीबाट बच्न लाखौं मानिसहरूले आफ्नो घर छोडेर भागेका छन्। विश्व नेताहरूले यो द्वन्द्व गाजासँगै ठूलो परिमाणमा फैलने चिन्ता व्यक्त गरेका छन्।

हिज़बोल्लाह सन् १९८२ मा इरानको रिभोल्युसनरी गार्डद्वारा इजरायली आक्रमणको प्रतिरोध गर्न स्थापना गरिएको शिया मुस्लिम समूह हो। त्यसयता, यो समूह तेहरानको सबैभन्दा शक्तिशाली मध्यपूर्वी प्रोक्सीमा परिणत भएको छ।

सोमबारदेखि लेबनानमा इजरायली आक्रमणमा ६०० भन्दा बढी मानिसको ज्यान गएको छ । हिज़बोल्लाहले पनि इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ ।

जसमा इजरायलको व्यावसायिक केन्द्र तेल अवीव पनि पहिलो पटक लक्ष्यमा परेको छ। तर, इजरायली हवाई सुरक्षा प्रणालीले ठूलो क्षति हुनबाट भने जोगाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com