लेबनानमा स्थलगत आक्रमण गर्ने इजरायलको तयारी , अमेरिका बिपक्षमा


प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

इजरायलले लेबनानको हिजबुल्लाह विरुद्ध स्थलगत आक्रमणको तयारी गरेको छ । इजरायलका सैन्य प्रमुखले सम्भावित स्थलगत आक्रमणको तयारी गर्न निर्देशन दिनुभएको हो ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा पूर्ण युद्ध को पक्षमा नरहेको भन्दै इजरायललाई चेतावनी दिनुभएको छ ।

उत्तरी क्षेत्रका बासिन्दाहरू सुरक्षित रूपमा आफ्ना घर फर्कन सक्ने अबस्था नआउदा सम्म लेबनानमा रहेको हिजबुल्लाह बिरुद्ध हमला जारी राख्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चेतावनी दिनुभयो ।

इजरायलको चेतावनी हिजबुल्लाहले तेल अभिव बाहिरको इजरायली मोसाद जासूस एजेन्सीको मुख्यालयलाई लक्षित गरेको दाबी गरेपछि आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो गाजा युद्धले उत्पन्न गरेको वर्षदिन लामो सीमा पार संघर्षको पहिलो पटक हो । जब हिजबुल्लाहले ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।

लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार, इजरायली प्रतिकार आक्रमणले ५१ जनालाई मारेको र २२३ जनालाई घाइते बनाएको छ ।

जसमा हिजबुल्लाहको परम्परागत आधार क्षेत्रभन्दा बाहिरका पहाडी क्षेत्रमा पनि मानवीय क्षति भएको छ । हिजबुल्लाहको ६० गोप्य सूचना केन्द्रहरू सहित सयौं स्थानहरूमा आक्रमण गरेको इजरायलले बताएको छ ।

राष्ट्रपति बाइडेनले इजरायलका सैनिकहरूलाई सम्भावित स्थलगत कारबाहीको तयारी गरिएको भन्दै यसले पूर्ण युद्ध निम्त्याउन सक्ने भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो ।

बाइडेनले भन्नुभयो यो क्षेत्रमा समाधानको लागि अवसर अझै बाँकी छ । बाइडेनले लेबनान युद्धविरामको संभावना छ, तर यसलाई अतिरञ्जित गर्न चाहन्न भन्नुभयो ।

इजरायलले बुधबार दुईवटा रिजर्भ ब्रिगेडहरूलाई परिचालनमा बोलाएको छ । यो उत्तरको क्षेत्रमा हिजबुल्लाहसँगको युद्ध जारी राख्न मद्दत गर्नको लागि बोलाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com