आईसीसी विश्वकप लिग २ : ओमानसंग बदला लिने नेपाललाई मौका


प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार

हारको क्लिन स्विपबाट जोगिने लक्ष्य सहित नेपालले आज ओमानको सामना गर्दैछ । नेपालले ओमानसंगको पहिलो खेल १ विकेटले गुमाएको थियो ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

क्यानडाको किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राती पौने ९ बजेबाट सुरु हुनेछ । क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

यो खेलपनि हारेको खण्डमा नेपालले हारको क्लिन स्विप लिएर क्यानडा भ्रमणको अन्त्य गर्नुपर्ने अबस्था आउने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सिरिजमा नेपालले लगातार खराव प्रर्दशन गरिरहेको छ । घरेलु टोली क्यानडासंगका दुबै खेल नेपालले हारिसकेको छ ।

पहिलो खेलमा क्यानडासँग नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार सहनु परर्यो ।

लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ७ मध्ये केवल १ जित हात पारेको नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

६ खेलमा ५ अंक जोडेको ओमान छैठौं स्थानमा छ । ११ खेलमा १४ अंक जोडेको घरेलु टोली क्यानडा शीर्ष स्थानमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com