अमेरिकामा लागुऔषध हेरोइनको डरलाग्दो प्रभाव, मृत्यु हुनेको संख्या बढ्दो


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

अमेरिकी सञ्चारमाध्यम सिएनएनमा आएको समाचारले अमेरिकामा सन् २ हजार २ यता लागु औध हेरोइनको प्रयोगबाट हुने मृत्युमा ५ सय ३३ प्रतिशतको बृद्धि भएको देखाएको छ । सन् २ हजार २ मा २ हजार ९ जना मृत्युको शिकार भएकोमा सन् २ हजार १६ मा संख्या बढेर १३ हजार २ सय १९ पुगेको छ । यो संख्या ५ सय ३३ प्रतिशतको बृद्धि हो । त्यसैगरि लागु औषध प्रयोगकर्ताको संखयामा पनि १ सय ३५ प्रतिशतले बृद्धि भएको छ । चार लाख ४ हजार अनुमानित हेरोइन प्रयोगकर्ताबाट संख्यामा बढोत्तरी भएर सन् २ हजार १६ मा ९ लाख ४ हजारको आकडा छोएको छ । यो संख्या हालसम्मकै उच्च त हो नै त्यसमाथि भयानक भविष्यको चुनौती पनि ।

स्वास्थ र मानव सेवा सचिवलाई उद्धृत गर्दै सिएनएनले अगाडि लेखेको छ, यो संख्या भियतनाम युद्धमा ज्यान गुमाएकाहरु भन्दा धेरै हो । अमेरिकाले भियतनामसंगको युद्धमा ५८ हजार योद्धा गुमाएको थियो । यद्यपि सन् २ हजार १७ को अनुमानित मृत्युको संख्या हेर्ने हो भने ७१ हजार ६ सय पुग्ने रहेको छ । चिकित्सककै सिफारिसमा लिइने ओपिओइड्स होस् वा प्रतिवन्धित औषधी हेरोइन होस्, अत्याधिक प्रयोग अनि दुव्र्यशनिको सिकार हुँदा हुने मृत्युको संख्यामा कमि आउन नसकेको उल्लेख गरिएको छ ।

केहि निश्चित औषधिको निरन्तर माग र अत्याधिक प्रयोगले राष्ट्रिय लागु औषध नियन्त्रण विभागको ध्यान खिचे पनि सन् २ हजार १६ मा ओपिओइडको गलत प्रयोग गर्नेहरुको संख्या करिव १ करोड १२ लाख रहेको थियो । उक्त संख्यामध्ये करिव ८ प्रतिशत अर्थात ८ लाख ९६ हजार नागरिकले प्रतिवन्धित लागु औषध हेरोइनको प्रयोग गरेका थिए । ठूलो संख्याका नागरिकले सामान्य तवरले लिइने पेनकिलर अर्थात पिडा कम गर्न सेवन गरिने औषधिको सेवन गरेका थिए । उनीहरुको उद्देश्य नशामा डुव्नु नभए पनि पिडाबाट छिटो मुक्त हुने अभिप्राय रहेको तथ्यांकले उल्लेख गरेको छ ।

करिव २० लाख नागरिक गत वर्ष सन् २ हजार १६ मा हेरोइन वा पेनकिलरको अम्मली रहेको बताइएको छ । यो संख्या सन् २ हजार ११ बाट समानान्तर रहदै आएको छ । अर्कोतिर ओपिओइडकोको प्रयोगमा कमी आएको छैन बरु त्यसको अत्याधिक प्रयोग अर्थात ओभरडोज प्रयोगको चिन्ता गरिएको छ । लागु औषधको अत्याधिक प्रयोगले हुने मृत्यु अमेरिकामा सडक दुर्घटना र बन्दुकबाट हुने मृत्यु भन्दा धेरै हुदै गएको छ । यो एउटा यस्तो प्रचलन जुन घट्दो होइन बढ्दो अवस्थामा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २ हजार १६ मा करिव ५२ हजारले लागु औषधको अत्याधिक प्रयोगबाट ज्यान गुमाएका थिए । जुन संख्या ३८ प्रतिशतले बढ्ने अनुमान सिएनएनको समाचारमा उल्लेख छ । लागु औषधमा फेन्टानिलको अत्याधिक प्रयोगबाट हुो मृत्यु सन् २ हजार १७ मा २० हजार नाध्ने अनुमान छ । जुन संख्या सन् २ हजार १६ मा मात्र ९ हजार ९ सय ४५ रहेको थियो । व्युपेनोरफाइनको तुलनामा फेन्टानिल, हेरोइन अनि सिफारिश गरिएका विभिन्न औषधिको सहज उपलब्धताले गर्दा यो समस्याबाट तत्काल छुटकारा नपाइने उल्लेख गरिएको छ ।

त्यसैगरि लागु औषध कोकेइनबाट हुने मृत्यु सन् २ हजार ९ मा ४ हजारको संख्यामा रहेकोमा सन् २ हजार १७ को अन्त्यमा बढेर करिव ५२ हजार पुग्ने अनुमान गरिएको छ । एक वर्षमा दर्ता गरिएको यो मृत्यु संख्या इतिहासकै धेरै रहेको छ । जसको अधिकांश कारणमा फेन्टानिल बताइएको छ ।

लागु औषधको प्रयोमा थूप्रै नेपालीहरु पनि रहेको बताइन्छ, यद्यपि यसको संख्या यकिन भन्न सक्ने अवस्था नभएपनि विभिन्न अवस्थामा दुव्र्यसनि अनि गलत संगतको सिकार भएर लागु औषधको शिकार हुनेहरुको संख्या थूप्रै रहेको छ भने आर्कोतिर औषधिकै धेरै प्रयोग कसैको निम्ति ज्याननै जाने कारण बनेको छ । त्यसैले चिकित्सककै सल्लाहमा औषधि लिएपनि त्यसको प्रयोगमा सावधानी अपनाउनु भने ठूलो आवस्यकता रहेको छ । माथि उल्लेखित आकँडामा आफ्नो संख्या हाल्नबाट जोगिनु बुद्धिमानी हुनेछ व्यक्ति, परिवार र समाजकै निम्ति ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com