इजरायलले लेबनानमा हमला गरर्यो , शीर्षनेता नसरल्लाह सुरक्षित


प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार

इजरायलले लेबनानमा हमला गरेको छ । हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहको भाषण भइरहेको बेला इजरायली सेनाले लेबनानका धेरै शहरमा हवाई हमला गरेको हो ।

ति हमलाहरु हिजबुल्लाह समुहका सदस्यहरु केन्द्रीत हुने स्थानहरु थिए । इजरायलले हवाई हमलाको पुष्टि गरेको छ ।

शीर्षनेता नसरल्लाहले पछिल्ला २ दिनमा भएका विकीटकी विष्फोटलाई युद्धको घोषणा भन्नु भएको छ । उहाँले इजरायलले निर्दोष मानिसहरुका बारेमा नसोचेको बताउनु भयो ।

उत्तरी इजरायलमा हवाई आक्रमणको साइरन पनि सुन्न सकिन्छ । उत्तरी इजरायल सुरक्षित गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायलले लेबनानमा आफ्ना पछिल्लो आक्रमणहरू ’दशकहरूदेखि हिजबुल्लाहका कार्यहरूको परिणाम हो’ भनेको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाहको आतंकवादी क्षमता र पूर्वाधारलाई कमजोर पार्न खोजिरहेका बताएका छन ।

लेबनानमा मंगलबार भएको पेजर विष्फोट र बुधबार वाकीटकीमार्फत भएका विष्फोटमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ । ३ हजार बढी व्यक्ति घाइते भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com