पोर्चुगलमा कानूनी रुपमा बस्ने नेपालीको संख्या पुग्यो २९ हजार ९ सय ७२


प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

पोर्चुगलमा कानूनी रुपमा बस्ने नेपालीको संख्या २९ हजार ९ सय ७२ पुगेको तथ्यांक त्यहाँको सरकारले मंगलबार सार्वजनिक गरेको छ । पोर्चुगल निवासी विश्वका आप्रवासीहरुमा नेपालीहरु आठौं नम्बरमा रहेका छन् भने पोर्चुगलको कुल आप्रवासी जनसंख्याको २ दशमलव ९ प्रतिशत रहेका छन् । पोर्चुगलमा चाइनिजको तुलनामा समेत नेपालीहको जनसंख्या बढी भएको तथ्यांक त्यहाँको एकीकरण, आप्रवासन र शरण एजेन्सीले जनाएको छ ।

पोर्चुगलमा रहेका आप्रवासी जनसंख्यामा पहिलोमा ब्राजिल, दोश्रोमा एंगोला, तेश्रोमा केब भर्दे, चौथोमा यूके, पाँचौंमा इन्डिया, छैठौंमा इटली र सातौंमा गायना बिसु रहेका छन् । आठौंमा रहेको नेपालपछि नवौंमा चीन रहेको छ । छ वर्षमा पोर्चुगलमा कानूनी रुपमा बस्ने विदेशीहरूको संख्या दोब्बरले बढेको छ । सन् २०१७ मा यो संख्या ४ लाख ८० हजार ३ सय रहेकोमा सन् २०२३ मा १० लाख नाघेको सरकारी तथ्यांकले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२३ मा पोर्चुगलमा आप्रवासी जनसंख्या सबैभन्दा धेरै झण्डै एक तिहाईले बढेको थियो । यो संख्याबाहेक अन्य हजारौं विदेशी नागरिक कागजातको पर्खाइमा रहेका छन् । अधिकारीहरूका अनुसार २०२३ को अन्त्यमा ४ लाख आवेदनहरु पेन्डिङ प्रक्रियाहरू थिए। जसमा नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ ।

पोर्चुगलमा आप्रवासनमा बृद्धि भएपछि सरकारले हालै अध्यागमनबारेका नीतिहरु परिवर्तन गरेको छ । जस अनुशार पोर्चुगलले सोसल सेक्युरिटी इन्रोलमेन्ट नम्बर अर्थात् निस नम्बर आवेदनका सन्दर्भमा मापदण्डहरु पनि कडा बनाएको छ । अब पोर्चुगलमा रेसिडेन्ट पर्मिट आवेदनपछिमात्र सोसल सेक्युरिटी नम्बर आवेदन दिन पाइने नियम ल्याइएको छ । पोर्चुगलमा काम गर्नको लागि निवास अनुमति आवश्यक नपर्ने युरोपियन युनियन अन्तरगतका देशका नागरिकहरुका लागि भने यो नियम लागु हुँदैन ।

यसभन्दा अगाडि विदेशी नागरिकहरूले रेसिडेन्ट पर्मिटको लागि आवेदन गर्नु अघि नै निस नम्बरका लागी आवेदन दिनसक्ने प्रावधान रहेको थियो । विगतमा पहिचान कागजातहरूमा आवेदकले राहदानी वा ईयुको मान्य परिचय पत्रमात्र प्रदान गर्न सक्ने भएतापनि अब आवेदकहरूले यसका अतिरिक्त रोजगारी स्थितिको कागजात पेश गर्नुपर्छ जसमा रोजगार सम्झौता, स्वरोजगारको प्रमाणीकरण, वा कम्पनी दर्ता प्रमाणपत्र हुनसक्छन् । साथमा रेसिडेन्ट पर्मिट आवेदन दिएको प्रमाणपनि चाहिन्छ ।

पोर्चुगलले हालै आप्रवासन दर कम गर्न अध्यागमनका नियमहरुमा परिवर्तनहरु ल्याएको हो । जस अन्तरगत पोर्चुगल सरकारले विदेशीहरूलाई पोर्चुगल प्रवेश गर्न र त्यसपछि आवास अनुमतिको लागि आवेदन दिन अनुमति दिने नियमको अन्त्य गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com