मलेसियाली प्रहरीद्वारा बाल दुर्व्यवहारको आरोपमा एकै समूहको १ सय बैंक खाता रोक्का


प्रकाशित मिति : आश्विन १, २०८१ मंगलबार

मलेसियाली अधिकारीले सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालक समूहको १ सय वटा बैंक खाता रोक्का गरेको प्रहरीले मङ्गलबार जनाएको छ ।

प्रहरीले इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरुको हेरचाह गर्नेसहित १ सय ७१ संदिग्धहरूलाई पक्राउ गरेको छ र २० वटा हेरचाह गृहबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको छ ।

प्रहरीले लामो समयदेखि अहिले–निष्क्रिय अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस ९जीआईएसबी० समूहलाई अनुसन्धानको दायरामा राखेको छ ।

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताउनुभयो जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीले कम्पनीसँग सम्बन्धित आठवटा सवारी साधन पनि जफत गरेका छौं”, उहाँले बताउनुभयो ।

प्रहरीले छापा मारेलगत्तै जीआईएसबीले सेलान्गोर र नेगेरी सेम्बिलान राज्यमा भएको घटनाको आरोप अस्विकार गर्दै आफूले उक्त क्षेत्रमा हेरचाह केन्द्र सञ्चालन नगरेको बताएको थियो ।

तर शनिबार कम्पनीको फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमार्फत प्रमुख कार्यकारी अधिकारी नसिरुद्दीन अलीले व्यापक दुर्व्यवहारको आरोपलाई अस्वीकार गर्दै आफुले सञ्चालन गरेको आश्रयस्थलहरूमा एक वा दुई यौन दुर्व्यवहारको घटना भएको भने स्विकार गर्नुभएको छ ।

मेडिकल स्क्रिनिङबाट कम्तिमा १३ जना बालबालिकाले यौन दुर्व्यवहार भोगेको पुष्टि भएको गत हप्ता राजारुद्दिनले बताउनुभयो ।

यो मुद्दाले मलेसियामा हेरचाह केन्द्रमा बालबालिकाको कल्याण र परोपकारी संस्थाहरूको नियमनको बारेमा चिन्ता उत्पन्न गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com