नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना, चार जनाको मृत्यु [Photo]


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

काठमाडौं, २४ साउन । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थानाभन्याङमा शनिवार मध्यान्ह दुर्घटना भएको हो । दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

बिहान साढे ११ बजे काठमाडौ्रबाट गुर्जेभन्ज्याङ हुँदै खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस सडकबाट एकसय मिटर तल भीरमा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिनुभयो । दुर्घटनामा पर्नेको स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् । घटनास्थलको प्रकृति हेर्दा मृतक र घाइतेको संख्या वढ्न सक्ने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com