अमेरिकाले चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क बढायो


प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार

President Joe Biden speaks to active-duty military service members and their families during a Fourth of July celebration and barbecue on the South Lawn of the White House in Washington, Thursday, July 4, 2024. (AP Photo/Susan Walsh)

अमेरिकाले चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ ।

यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क बृद्धि गरिएको छ । इभी बेट्रीमा २५ प्रतिशत शुल्क बढाइएको छ । यो शुल्क दुई सातापछि लागु हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो ।

अमेरिकाले उक्त कदमको बेइजिङबाट कठोर प्रतिक्रिया प्राप्त गरेको थियो । शुल्क वृद्धिको घोषणा अमेरिकामा नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै मुलुकबीच प्रतिस्पर्धा तीव्र भएको बेला डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले चीनप्रति कडा अडान देखाउन खोजिरहेका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा शुल्क वृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको जनवादी गणतन्त्र चीनको हानिकारक नीति र अभ्यासलाई लक्षित गर्नेछ भन्नुभएको छ ।

यस वर्षदेखि सुरु हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सन् २०२५ देखि लागु हुनेगरी सेमीकन्डक्टरमा पहिलाभन्दा तीव्र वृद्धि अर्थात ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ ।

यी कार्यहरू तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको शुल्कको समीक्षापछि लिइएको हो । ट्रम्प प्रशासनले चीनबाट करिब ३ खर्ब डलरको सामानमा शुल्क लगाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com