राजपाले माओवादीसँग माफी माग्यो


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

काठमाडौं, २४ भदौं । संघीयताको मुद्धालाई स्थापित गरेर कार्यान्वयन गर्ने मुख्य शक्ति नेकपा माओवादी केन्द्र नै हो । र, मधेसवादी दलले त्यही संघीयताको मुद्धा अघि सारेर माओवादीको पछि–पछि आन्दोलन गरिरहेको सत्य हो । यो अर्थमा, माओवादी र मधेसवादीको मुद्दा एउटै हो । तर, केही दिन अगाडी भने राष्ट्रिय जनता पार्टीले माओवदीलाई संघीयता विरोधी कित्तामा राख्यो । जुन कुराको चौतर्फी आलोचना भयो । अन्तत राजपाले आफ्नो गल्ती स्वीकार्दै माओवादीसँग माफी मागेको छ ।

केही दिन अगाडी राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको थियो । जुन घोषणापत्रमा नेपाली राजनीतिलाई व्याख्या गर्ने प्रयत्न गरिएको छ । जारी घोषणा पत्रमा कांग्रेसलाई मधेश मैत्री नभएको आरोप लगाइएको छ भने एमालेलाई मधेशी र संघीयताको प्रखर विरोधीका रुपमा चित्रण गरिएको छ । अधिनायक र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादी केन्द्रको मुल चरित्र संघीयता विरोधी रहेको राजपाको घोषणापत्रमा उल्लेख छ । संघीयताकै लागि संघर्ष गरेको माओवादीलाई नै संघीयता विरोधी भनिएपछि राजपाको व्यापाक आलोचना भयो । अन्तत: राजपा माओवादीसँग माफी माग्न बाध्य भएको छ । राजपाका अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारीले माओवादीलाई संघीयता विरोधी कित्तामा राख्नु गल्ती भएको भन्दै माफी मागेका हुन ।

एबीसी न्यूजको कार्यक्रम आउट लुकमा कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य भण्डारीले नेकपा माओवादी केन्द्र र मधेस आन्दोलनको सम्बन्धबारे लामो व्यख्या गरेका छन् । गौर हत्याकाण्ड लगायतका घटना स्मरण गर्दै नेता भण्डारीले पछिल्लो समय माओवादी र मधेसवादीबीचको सम्बन्ध अत्यन्तै राम्रो रहेको दावी समेत गरेको छन् । माओवादी संघीयता विरोध भए मधेसवादी दल पनि त्यही कित्ताको हुने व्यख्या गर्दै नेता भण्डारीले मुद्धा मिल्ने पार्टी नै माओवादी रहेको दावी गरेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

माओवादीलाई संघीयता विरोधी भनिएपछि घोषणापत्र सार्वजनिक गर्ने क्रममा राजपाका नेताहरुबीच मत बाझिएको थियो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले माओवादी केन्द्र लोकतान्त्रिक दल भएकोले संघीयता विरोधी भन्न नमिल्ने बताएका थिए । अध्यक्ष मण्डलका अन्य सदस्यहरुले समेत माओवादी प्रतिको व्यख्या गलत भएको भन्दै घोषणापत्र लेख्नेहरुको आलोचना गरेका थिए । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारीसँग गरिएको कुराकानी आज सनिबार राती ९ बजे कार्यक्रम आउट लुकमा हेर्न सक्नुहुने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com